२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

हत्या की आत्महत्या ? मोरङ घर भएकी एक स्टाफ नर्स मृत अवस्थमा फेला

Logo

विराटनगर, जेठ १६
मोरङको उर्लाबारी घर भएकी २४ बर्षीय तनुजा कार्कीको शव मृत अवस्थामा फेला परेको छ । मृत कार्की पेशाले स्टार्फ नर्स थिइन । उनी मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा कार्यरत्त थिइन् । मंगलबार उनको शव म्याङ्लुङ बजार स्थित एक होटलमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी स्वास्थ्य चौकीबाट २ दिनका लागी बिदा लिएर म्याङ्लुङ बजार पुगेको बुझिएको छ ।
युवतीको साथमा उक्त होटेलमा नुवाकोट घर भएका ३७ बर्षीय खम्बासिहं तामाङ पनि रहेको खुलेको छ । तामाङ भने बिगत ४ दिन देखि होटेलमा बसेका थिए । उनि ठेकेदारको काममा संलग्न रहेका छन् ।
जेठ १३ गते बिहान होटलमा सँगै खाना खाएर आफु काममा हिडेको तामाङको भनाई छ । अपरान्ह होटल आएपछि तनुजाले ढोक नखोलेको र ढोका फोड्दा सलको पासो लगाएर झुण्डिएको अबस्था पाएको तामाङले बताएका छन् । तर तनुजाको आफन्तले भने उनको हत्या भएको आशंका गरेका छन् ।
हाल प्रहरीले तामाङलाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार तामाङको नुवाकोटमा पहिलेबाट २ वटी श्रीमती रहेको खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]