२१ माघ २०८२, मंगलबार
03-02-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपालको जनसंख्या ३ करोड नाघ्यो : तथ्यांक विभाग

Logo

काठमाडौं, असार १२
केन्द्रीय तथ्यांक विभागको अनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ । असार १२ गते नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको विभागको भनाई छ । राष्ट्रिय जनगणना २०६८को आधारमा विभागले उक्त जनसंख्याको आकडा निकालेको हो ।
राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको विभागको भनाई छ । औसतमा दैनिक एक हजारभन्दा बढीले जनसंख्या बढ्दै गएको विभागको अनुमान छ ।
२०६८मा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । २०६८मा ५१ दशमलव ५ प्रतिशत महिला थिए भने ४८ दशमलव ५ प्रतिशत पुरुष थिए । त्यसमा जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत रहेको देखाइएको छ । र विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेको देखाइएको छ ।
६८कै तथ्याङ अनुसार देशभरिमा १२५ जातजाति र १२३ भाषा बोल्ने छन् ।

विभागको हालको अनुमान अनुसार मृत्युदर घटेको छ । र सरदर नेपालकीको औषत आयु करिब ६७ वर्ष रहेको छ । १९६८ सालदेखि नेपालमा हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । विभागले २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म नेपालको १२ औं राष्ट्रय जनगणना गर्ने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माेरङ्ग, माघ १७ । नेपाली कांग्रेसले आगामी चुनावका लागि तीव्र रूपमा घोषणापत्र बनाउने तयारी थालेको छ। पार्टीले यसपटक ‘भिजन-टेन’ र ‘डोजेन भिजन’ अन्तर्गत बढीमा एक दर्जन प्रतिबद्धतामात्र समेटेर छोटो र बुँदागत घोषणापत्र ल्याउने तयारी गर्दैछ। पार्टीका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार मोरङको बनीगमामा पार्टीका कार्यकर्ताहरूको बैठकलाई सम्बोधन गर्दै पार्टीकाे घाेषणा पत्र तयारीसम्बन्धी जानकारी दिएका हुन्। घिमिरेले […]

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]