१३ आषाढ २०८२, शुक्रबार
27-06-2025 , Fri
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

राजस्व छलेको आशंकामा गोदाम र गाडीमा छापा : विराटनगरका व्यापारी भगत राजस्वको चंगुलमा

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

विराटनगर, असार २०
राजस्व अनुसन्धान कार्यालय इटहरीले विराटनगरका एक कपडा व्यापारीको गाडी कब्जामा लिनुका साथै उनले कपडाको स्टोर गर्दै आएको गोदाममा समेत छापा मारेको छ । विराटनगर बजारको महावीर रोडमा रहेको रोहन कपडा पसल सञ्चालन गर्ने सञ्जीत भगतको गोदाममा राजस्वले छापा मारेको हो । विराटनगर भन्सारको आइसीपी हुँदै ग्रिन च्यानलबाट ठूलो परिमाणमा कौडीको मूल्यमा सर्टिंगसुटिङका फेन्सी कपडाहरु भन्सारसँग च्यानल मिलाएर विराटनगर ल्याउने गरेको व्यापारी भगतलाई आरोप छ । पछिल्लो पटक जेठ २५ गते भगतले विराटनगर भन्सारको आइसीपीबाट सर्टिंगसुटिङ कपडा च्यानल मिलाएर भन्सार जाँचपास गराएपछि ठूलै हल्लीखल्ली मच्चिन पुगेको थियो ।

उक्त कपडा विराटनगर भन्सारको आईसीपीमा आएर भन्सार जाँचपास हुने क्रममा उक्त कपडाको भन्सार मूल्यांकन भन्सार अधिकृत सुनिता पौडेलले गरेकी थिइन् । व्यापारी भगतको कपडा भन्सारमा खटिने कर्मचारीको ड्युटीअनुसार मात्र आईसीपी आउने गरेको पाइएको छ । जसले गर्दा भन्सारका कर्मचारी समेत कपडा व्यापारी भगतको सेटिङमा भएको स्रोतले बताएको छ । भन्सार मूल्यांकनको विषयलाई लिएर भन्सार अधिकृत सुनिता पौडेल पनि विराटनगर भन्सारमा पटक–पटक विवादित बन्दै आएकी छिन् ।

सुनसरीको इटहरीबाट गत मंगलबार आएको राजस्वको टोलीले साँझको समयमा व्यापारी भगतको कपडा लोड गरिएको एउटा गाडी कब्जामा लिएको थियो । उक्त गाडी सोही दिन विराटनगर भन्सारबाट जाँच पास भएको कपडाको गाडी राजस्वको टोलीले कब्जामा लिएको बताइएको छ । मंगलबार व्यापारी भगतको गाडी नियन्त्रणमा लिएको र बुधबार उनको गोदाममा राखेको कपडाको स्टक जाँच गरेर राजस्व अनुसन्धानले उनको गोदाम सिल गरेको हो । भगतको कपडा पक्राउ सम्बन्धमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख वेदराज फुँयालले भगतले राजस्व छल्ने गरेको जानकारीमा आएपछि गाडीसहित कपडा कब्जामा लिएर अनुसन्धान सुरू गरेको बताए ।

कपडा व्यापारी भगतको सामानको भन्सार क्लियरिङ्ग गर्ने भन्सार एजेन्ट दयानन्द मण्डल रहेका छन् । त्यसभन्दा अगाडि व्यापारी भगतले भन्सार एजेन्ट किशोर साहीमार्फत कपडाको भन्सार जाँचपास गर्दै आएका थिए । करिब दुई वर्षअगाडि भन्सार एजेन्ट किशोर साहीलाई झुक्याएर परिमाण बढी राखी थोरै भन्सार जाँचपास गराएपछि उक्त सामान राजस्व अनुसन्धानले पक्राउ गरी कारबाही गरेको थियो । कारबाहीपछि एजेन्ट साहीले कपडा व्यापारी भगतलाई चेतावनी दिँदै प्रज्ञापनपत्रमा सही नगरेपछि भगतले नयाँ भन्सार एजेन्टका रुपमा दयानन्द मण्डललाई समाएको स्रोतको दाबी छ ।

अहिले विराटनगरलगायत झापा, इटहरीदेखि धरानसम्मका व्यापारीको कपडा भन्सार जाँच पास गराउने काम भन्सार एजेन्ट मण्डलमार्फत गराउन थालेको यहाँका कपडा व्यवसायीले बताउन थालेका छन् । पछिल्लो समयमा विराटनगरका सबैजसो व्यापारीको कपडा ठेक्कामा लिएर लाइन मिलाएर व्यापारी भगतले ल्याउन थालेको स्रोतले बताएको छ ।
आर्थिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]

विराटनगर १२ असार। विराटनगर महानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावाँ ब्याज भुक्तानीका लागि […]

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]