१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

आपसी लेनदेनमा टुंगियो सुत्केरी कार्कीको मृत्यु प्रकरण

Logo

साउन १६, विराटनगर ।
नोबेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा सुनसरी झुम्काकी सुत्केरी पार्वती कार्कीको मृत्यु प्रकरण विवाद आपसी लेनदेनमा टुंगिएको छ ।

अस्पताल र आफन्तबीच मृतकको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा गरिदिने र नवजात शिशुको पालनपोषणका लागि आवश्य रकम अस्पतालले उपलब्ध गराउने सहमति भएपछि विवाद अन्त्य भएको हो । अस्पतालले मृतकको उपचारमा लागेको २६ हजार रुपैयाँ फिर्ता गर्नुका साथै तिर्न बाँकी ९ हजार रुपैयाँ मिनाहा गर्ने सहमतिमा विवाद टुंगो लागेको जानकारी गराएको छ । त्यस्तै नवजात शिशुको पालनपोषणका लागि अस्पतालले २ लाख रुपैयाँ समेत उपलब्ध गराएको छ ।

अस्पतालसँगको सहमति पश्चात मात्रै मृतकको आफन्तले बिहिबार अपरान्ह भने शव बुझेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]