१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कारोना निको भएकालाई पुनर्स्थापनामा समस्या : छि–छि दुर–दुर किहिलेसम्म ?

Logo

विरटनगर, साउन ३०
✍सुजन दाहाल ( लेखक दाहल कारोना संक्रमित भएर निको भएका व्यक्ति हुन् )
कोरोना संक्रमित चितवनका डा. विश्वबन्धु बगालेलाई छिमकीहरुले ‘कोरोना संक्रमितको घर’ भन्ने फ्याक्स ब्यानर घर अगाडी राखिदिए । विश्वबन्धुले फेसबुक मार्फत् ‘यस्ता छिमेकी हुनु भन्दा नभएकै जाती सामाजिक बहष्कारको पिडा अरुलाई नपरोस’ भनी लेखे ।
देशका विभिन्न ठाँउमा कोरोना संक्रमितलाई बहिष्कार, तिरष्कार गरिएको छ । परिणामतः धेरै ठाँउमा आइसोलेसन÷क्वारेन्टाइन बसेर घर आएका मानिसहरुले आत्महत्या गरिरहेका तमाम दृष्टान्त्तहरु छन् । जुन दुर्भाग्यपूर्ण छ ।
कस्तो समाजमा छौ हामी ? नेपाली समाज कता जादैछ ? समाज विकासको कुन चरणमा छौ हामी ? नेपालीहरु कहिले सभ्य बन्ने हो ? कहिले वास्तविक मान्छे बन्ने ? भन्ने जस्ता तमाम प्रश्नहरुले चेतनशील नेपालीलाई भित्रबाट नै छाती पोलेको छ ।
व्यक्तिबादी स्वार्थका कारण आज मानिस समाजमा तल्लो स्तरको व्यवहार गर्नमा उद्येलित छ । मानव हुनुको यथार्य र वास्तविकतालाई भूलेर क्षणिक स्वार्थमा लाचार भै अरु माथी जस्तोे सुकै सामाजिक आक्रमण गर्न पछाडी पर्दैन ।
सुजन दहाल:भिडियाे विषलेषण

मानवीय मूल्य र आदर्शलाई भूलेर लल्लो स्तरको व्यवहारमा मानिस उत्रिदा कोरोना संक्रमित र उसको परिवारले मानसिक यातना भोगिरहनु परेको छ ।
कोरोनाको कारण भन्दा संक्रमण पछि समाजमा पुनस्र्थापित हुन नसक्दा कयौले आफ्नो अमूल्य जीवन अनाहकमा मृत्युमा परिणत गरेका छन् । समाजले ठिक ढंगबाट कोरोना संक्रमितसंग व्यवहार गर्न नसक्दा धेरै निर्दोषहरुले आफ्नु इहलिला समाप्त पारेका छन् ।
म कोरोना संक्रमित भए । म संक्रमित हुँदाका बखत कोभिड आइसोलेसन हस्पिटलमा बेड खाली थियो । म नौ दिन सम्म बसे र ठिक भएर घर फर्किए । अहिले क्रमशः कोरोना संक्रमितको संख्या निकै नै उच्च गतिमा बढेर गएको छ । जसले गर्दा कोभिड हस्पिटलको बेड क्षमताले भ्याएन र आपत आइलाग्यो ।
‘आफू नमरी स्वर्ग देखिदैन’ भने झै आफू संक्रमित नभई संक्रमित हुँदाको मानसिक पिढा थाहा हुदैन । तर कम्तिमा आफूलाई बौद्धिक र शिक्षित हुँ भन्नेले अनुभूति गर्न सक्नु पर्ने हो । म पनि संक्रमित पूर्व कोरोनाको भ्रममा रहेछु । आफू संक्रमित भए पछि कोरोनाको बारेमा धेरै कुरा बुझे ।
कोरोना हल्ला गरेको जस्तो त्रसिद हुनु पर्ने रोग हैन । कोरोनाले मात्र कोही पनि मर्दैन । यो एउटा सामान्य फयू मात्र हो । सरकारले नै कोरोनालाई यति न हल्ला ग–यो । आम मानिस भ्रम र त्रासमा बाँचिरहेका छन् ।
जताततै कोरोना कोरोना भनिएको छ जसले गर्दा आम मानिसको मन मष्तिकमा कोरोनाप्रतिको मनोविज्ञान यति गहिरियो कि अव सत्य कुरा आए पनि मानिसले नपत्याउन बेर छैन ।
म संक्रमित भएर निको भै सकेको नाताले भन्छु कि कोरोनालाई सहज रुपमा लिउ । डर र त्रासमा नबाँचौ । कोरोनाले युवालाई केही हुदैन । कोरोना संक्रमित संग सम्मानित व्यवहार गरौ ।
अहिले कोराना संक्रमितको संख्या बढदै गए पछि कोभिड हस्पिटलमा बेड अभाव भएकाले संक्रमितहरु आ–आफ्नो घरमा बसिरहेका छन् । घरमा नै आइसोलेसनमा सुरक्षितसंग बस्नु नै सवै भन्दा राम्रो हो । उत्तम विकल्पमा रहेर संक्रमितले आफ्नो घरमा नै स्वास्थ्यलाभ गर्नु कुनै अपराध होइन ।
एक घर भित्र सुरक्षितसंग संक्रमित बसेको छ भने छेउको छिमेकीलाई तुरुत्तै सर्ने हुदैन । यसमा सवै ढुक्क भए हुन्छ । बुझेर वा नबुझेर संक्रमितहरुलाई छर छिमेकीबाट दुव्र्यवहार भइरहेको छ । जुन दुर्भाग्य हो । दुःखको बेला त छरछिमेकले संक्रमित र उसको परिवारलाई सकेसम्मको सहयोग गर्नु पर्छ ।
सामाजिक दुर्वव्यवहार अति भयो भने संक्रमितले गलत बाटो रोज्न सक्छ । आफूलाई र शिक्षित पढे लेखेको भनी नाक घोक्राउने अनि व्यवहार चाँही अति दुर्गममा बस्ने अशिक्षित, गवार र असभ्य नागरिकले जस्तो गर्ने ?
कल्पना गरौ शिक्षितहरु बसोवार गर्ने क्षेत्रमा त कोरोना संक्रमितलाई निकृत्ट र तल्लो स्थरको व्यवहार गरिन्छ भने देशका दुर दराजका संक्रमितले कति सामाजिक अपहेलना र विभेद सहनु परिरहेको होला । कल्पना मात्र पनि गर्दा कहाली लाग्छ ।
कोरोना संक्रमितलाई कोरोनाले मरिन्छ कि भन्दा समाजले मार्ला कि भनेर डराउनु पर्ने अवस्था आयो । संक्रमितलाई स्वास्थ्यको भन्दा ठूलो समस्या समाज र सामाजिक व्यवहारको भयो ।
कोरोना संक्रमितलाई उपचार गर्ने भन्दा संक्रमितको गाँउ शहरका मानिसलाई सामाजिक उपचार गर्नु पर्ने अवस्थाको सिर्जना हुदैछ ।
कोरोनाको औषधी छैन भन्ने मनोविज्ञानले मानिस आंतकित छ । कोरोनाको बारे मानिस अहिले पनि यति धेरै भ्रममा छ कि हरेक पल कोरोना भन्दा बाहेक केही सोच्न नसक्ने भयो ।
कोरोनाको बारेमा सत्य कसैलाई थाहा छैन । सत्य थाहा नपाउदा भ्रम उत्पन्न हुन्छ । जुन भ्रमले स्वयम मानिसलाई नै खान्छ ।
सरकारले आइसोलेनमा बसेर फर्किएकालाई स–सम्मान समाजमा पुनस्र्थापना गर्ने तर्फ ध्यान दिएन । समाजमा समाजशास्त्रिय चेतनाको पनि विस्तार हुन सकेन । मानिसहरु पनि कोरोनाको यथार्थ खोज्ने तर्फ लागेनन् ।
कोरोनाको बारेमा जति बुझे कम नै बुझे । ‘असत्य कुरा पनि एक सय पटक भन्यो भने सत्य हुन्छ’ भन्ने सिद्धान्त अनुरुप कोरोनाको भ्रम व्याप्त भयो । परिणामतः अहिलेको सामाजिक विचलन संक्रमित र उसको परिवारले भोगी रहको छ ।
हरेक संक्रमित र उसको परिवार सामाजिक दुर्वव्यवहारका कारण डिप्रेसन, पिर, चिन्ता, डर र त्रासमा छन् । सरकार वा स्थानिय निकायले सामाजिक घुमिल गराउन नसक्दा समाजमा दुर्घटनाको जोखिम बढेको छ ।
रोग लाग्नु कुनै अपराध हैन । तर समाजमा संक्रमितले अपराधी झै व्यवहारको सामना गर्नु परेको छ । संक्रमित र उसको परिवारलाई छिः छिः दुरदुर गरिएको छ । संक्रमितलाई माया, ममता, हिम्मत, आट र हौसला आवश्यक पर्ने बेला समाजले आँखा तरेर हेरिरहको छ । संक्रमितलाई हेलाको भावले हेरिएको छ । समाजले संक्रमितलाई अमानवीय व्यवहार गरिरहेको छ ।
संक्रमित माथी गरिने अमानवीय र निकृष्ट व्यवहार २१ औं शताब्दीको कालो धब्वाको रुपमा हाम्रो समाज छ । मानिस म शिक्षित, सभ्य र चेतनशील छु भन्छ र घमण्ड गर्छ ।
तर समाजमा असामाजिक व्यवहार गर्छ । त्यसैले शिक्षित भएर समाज सभ्य हुदैन । चेतनाले मात्र समाज आदर्श र सभ्य बन्न सक्छ ।
संक्रमितलाई असल व्यवहार गरौ । समाजका सवै सदस्य जिम्मेवार बनौ । संक्रमितको मनोवल उच्च राख्न सहयोग गरौ ।
आफूलाई संक्रमण भए कस्तो हुन्छ भन्ने कुराको अनुभूति गरी सोही अनुसार अर्को संक्रमितलाई व्यवहार गरौ । छरछिमेकमा आदर्श छिमेकीको परिचय दिउ । घरमा कोही भाडामा बस्छन् भने आदर्श घरबेटीको व्यवहार गरौ ।
अरुलाई कोरोना लागो भनेर काखी नहल्लाए हुन्छ । भोली आफ्नो पालो आउन सक्छ । त्यसैले अर्कोलाई दुःख्दा आफूलाई दुख्ने सामाजिक चरित्र निर्माण गर्नु पर्छ ।
संक्रमितलाई अपहेलित गरेर नकारात्मक बाटो तर्फ उन्मुख गराउनु हुदैन । कोरोना संक्रमितलाई कसरी सकारात्मक विचार, उच्च आत्मबल, हौसला र प्रेरणा प्रदान गर्न सकिन्छ त्यता तर्फ चिन्तन गर्नु पर्छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]