११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

पिसिआर शुल्क सकंलनमा अनियमितता भएको छैन : बुढीगंगा गाउँपालिका

Logo

विराटनगर, भदौ ८
मोरङको बुढीगंगा गाउँपालिकाले पिसिआर परिक्षणमा अनियमितता गरेको भन्दै केहि दिनदेखि विभिन्न संचारमाध्यममा आईरहेको समाचारमा कुनै सत्यता नरहेको बुढीगंगाका जनप्रतिनिधिले स्पष्टोक्ती दिएका छन् । उनीहरुले एक विज्ञप्ती जारी गर्दै उक्त समाचारहरु भ्रमपुर्ण भएको भन्दै समाचारको खण्डन समेत गरेका छन् ।
त्यसक्षेत्रका उद्योगिक मजदुरहरुको पिसिआर परिक्षण वापत प्रतिव्यक्ति साढे पाँच हजारको दरले वाडा नं.१ का वडा अध्यक्ष मार्फत गाउँपालिकाका अध्यक्ष र वाडाअध्यक्षको मिलोमतोमा रकम असुली भएको भन्ने विभिन्न संचार माध्यममा आएको समाचारहरु झुठो र भ्रमपुर्ण रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा आरती स्ट्रीप्स प्र.लि. बुढीगंगा १ का २ जना कामदारमा पिसिआर टेस्ट पोजेटिभ आएको हुँदा संक्रमण गाउँ स्तरमा फैलन नदिन गाउँपालिका स्तरीय CCMC को निर्णय अनुसार उद्योगले नै PPE, VTM, सोडियम हाइपोक्लोराइड लगायत सामग्री व्यवस्थापन गरी गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा स्वाब संकलन गरी सरकारी प्रयोगशालाबाट ३०० जनाको निःशुल्क परिक्षण गराएको र बाँकी कामदारको हकमा उद्योगले नै काठमाण्डौंको प्रयोगशालाबाट शुल्क तिरेर परिक्षण गराएकोमा मजदुरहरुको पिसिआर परिक्षण वापत प्रतिव्यक्ति रु.५५००र को दरले वाडा नं.१ का वडा अध्यक्ष मार्फत गाउँपालिकाका अध्यक्ष र वाडाअध्यक्षको मिलोमतोमा रकम असुली भएको भन्ने भ्रामक र कपोकल्पीत आधारहिन समाचार प्रति गाउँपालिका मर्माहत भएको उल्लेख छ । आरती स्ट्रीप्स प्र.लि. विराटनगर र बुढीगंगा गाउँपालिकाले उद्योगमा कार्यरत कर्मचारी, गाउँपालिका भित्रका जनता र उद्योग प्रतिष्ठानको हितमा अहोरात्र खटिने जनप्रतिनिधी तथा राष्ट्रसेवक कर्मचारीहरुको मानमर्दन तथा चरित्रहत्या गर्ने र जनमानसमा भ्रम सृजना गर्ने समाचार प्रति खेद प्रकट गरेका छन् ।
आरती स्ट्रीप्स प्र.लि.ले पनि आईरहेको समाचारहरु भम्रपुर्ण भएको भन्दै विज्ञप्ती जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, जेठ ११। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज पनि तातो दिन र तातो लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिपायल, धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्नेछ। दिपायलको अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस भने धनगढी र नेपालगञ्जको ३९–४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भैरहवा, घोराही र वीरेन्द्रनगरमा पनि तातो दिन हुनेछ। भैरहवाको तापक्रम […]

काठमाडौं, जेठ ११। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गोलाप्रथा हटाउने तयारीको विरोध गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गोलाप्रथाको सट्टा प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था आए न्यायपालिका राजनीतिक प्रभावमा पर्ने चेतावनी दिए । यस्तो व्यवस्था आयो भने सशक्त आन्दोलन गर्ने उनको घोषणा छ । मिश्रले प्रधानन्यायाधीश नियुक्तिमा पनि […]

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]