०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

पिसिआर शुल्क सकंलनमा अनियमितता भएको छैन : बुढीगंगा गाउँपालिका

Logo
प्रकाशित सोमबार, भाद्र ०८, २०७७

विराटनगर, भदौ ८
मोरङको बुढीगंगा गाउँपालिकाले पिसिआर परिक्षणमा अनियमितता गरेको भन्दै केहि दिनदेखि विभिन्न संचारमाध्यममा आईरहेको समाचारमा कुनै सत्यता नरहेको बुढीगंगाका जनप्रतिनिधिले स्पष्टोक्ती दिएका छन् । उनीहरुले एक विज्ञप्ती जारी गर्दै उक्त समाचारहरु भ्रमपुर्ण भएको भन्दै समाचारको खण्डन समेत गरेका छन् ।
त्यसक्षेत्रका उद्योगिक मजदुरहरुको पिसिआर परिक्षण वापत प्रतिव्यक्ति साढे पाँच हजारको दरले वाडा नं.१ का वडा अध्यक्ष मार्फत गाउँपालिकाका अध्यक्ष र वाडाअध्यक्षको मिलोमतोमा रकम असुली भएको भन्ने विभिन्न संचार माध्यममा आएको समाचारहरु झुठो र भ्रमपुर्ण रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा आरती स्ट्रीप्स प्र.लि. बुढीगंगा १ का २ जना कामदारमा पिसिआर टेस्ट पोजेटिभ आएको हुँदा संक्रमण गाउँ स्तरमा फैलन नदिन गाउँपालिका स्तरीय CCMC को निर्णय अनुसार उद्योगले नै PPE, VTM, सोडियम हाइपोक्लोराइड लगायत सामग्री व्यवस्थापन गरी गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा स्वाब संकलन गरी सरकारी प्रयोगशालाबाट ३०० जनाको निःशुल्क परिक्षण गराएको र बाँकी कामदारको हकमा उद्योगले नै काठमाण्डौंको प्रयोगशालाबाट शुल्क तिरेर परिक्षण गराएकोमा मजदुरहरुको पिसिआर परिक्षण वापत प्रतिव्यक्ति रु.५५००र को दरले वाडा नं.१ का वडा अध्यक्ष मार्फत गाउँपालिकाका अध्यक्ष र वाडाअध्यक्षको मिलोमतोमा रकम असुली भएको भन्ने भ्रामक र कपोकल्पीत आधारहिन समाचार प्रति गाउँपालिका मर्माहत भएको उल्लेख छ । आरती स्ट्रीप्स प्र.लि. विराटनगर र बुढीगंगा गाउँपालिकाले उद्योगमा कार्यरत कर्मचारी, गाउँपालिका भित्रका जनता र उद्योग प्रतिष्ठानको हितमा अहोरात्र खटिने जनप्रतिनिधी तथा राष्ट्रसेवक कर्मचारीहरुको मानमर्दन तथा चरित्रहत्या गर्ने र जनमानसमा भ्रम सृजना गर्ने समाचार प्रति खेद प्रकट गरेका छन् ।
आरती स्ट्रीप्स प्र.लि.ले पनि आईरहेको समाचारहरु भम्रपुर्ण भएको भन्दै विज्ञप्ती जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]