२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

मेलम्चीको बाढी–पहिरो ग्रस्त क्षेत्रमा जनप्रतिनिधिको निरीक्षण

Logo
प्रकाशित शनिबार, भाद्र १३, २०७७

मेलम्ची, भदौ १३
वर्षायाम सुरु भएसंगै यस बर्ष मुलुकमा बाढी पहिरोले विभिन्न स्थानमा ठुलो जनधनको क्षति पुर‍्यायो । सोही बाढी पहिरोको प्रकोपबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका पनि अछुतो रहन सकेन । यसै वर्ष वर्षातपछि आएको ठुलो बाढी पहिरोले यहाँ ठुलो क्षति पुर्याएको छ । यहाँका कतिपय मानवबस्ती अझै पनि उच्च जोखिममा छन् । जसले गर्दा यहाँका आम सर्बसाधरणहरु त्रसित बनेका छन् ।
बाढी पहिरोले पारेको यो संकट समाधान गर्नका लागी मेलम्ची नगरपालिकाका जनप्रतिनिधिहरु अहिले नगरबासीहरुको धरदैलोमा पुगेर वास्तविक अवस्थाको निरिक्षण गरिरहेका छन् । निरिक्षणको क्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले पहिलो प्राथमिकता बाढी पहिरोबाट विस्थापित भएकाहरुलाई व्यवस्थित वासस्थान गरिने र उच्च जोखिमका बस्तिहरुलाई उपयुक्त स्थान हेरेर स्थानतरण गरिने बताउनु भयो । कोरोना महामारी एकातिर प्राकृतिक प्रकोप एकातिर यि दुबै जुद्धनु पर्ने अहिलेको पहिलो प्राथामिकता छ, नगरप्रमुख अर्यालले बताउनु भयो ।
गत भदौ ९ गते बसेको नगर बिपद व्यवस्थापन समितिको निर्णय बमोजिम जोखिमयुक्त घर तथा बस्तीको निरिक्षण गर्ने निर्णय गरेको थियो । निरिक्षणका क्रममा नगरपालिकाकी उप प्रमुख तथा नगर विपद व्यवस्थापन समितिको संयोजक भगवती नेपालले नगरमा पर्ने आवश्यक सहयोग जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सरकारलाई समेत विवरण पठाइने बताउनु भयो ।
निरक्षणकै क्रममा मेलम्ची नगरपालिका वडा नं ८ को पनि केही स्थान जोखिममा रहेको अनुगमन टोलिले निष्कर्श निकालेको छ । यहाँको खैरे बस्ती पहिलो जोखिमा रहेको र भौगोलीक अध्ययन गरी सो बस्ती लगाएत समुदायसंग छलफल गरी बस्ती स्थान्तरण गर्नको लागि सम्बन्धित निकाय संग पहल गरिदिन वडा नं ८ का प्रमुख ठंकराज गिरीले प्रस्ताव गर्नु भयो ।

निरिक्षणका क्रममा मेलम्ची नगरपालिका वडा नं ३ र ६ का वडा प्रमुख, ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रमुख र विपद ब्यवस्थापन शाखाका प्रमुख इन्जिनियर जित बहादुर कार्की समेत उपस्थित रहेको थियो । यो अनुगमन क्रमश सबै वडाहरुमा गर्दै जाने र यसको १५ दिन भित्र प्रतिवेदन पेश गर्ने तयारी भइरहेको विपद व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]