१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मेलम्चीको बाढी–पहिरो ग्रस्त क्षेत्रमा जनप्रतिनिधिको निरीक्षण

Logo

मेलम्ची, भदौ १३
वर्षायाम सुरु भएसंगै यस बर्ष मुलुकमा बाढी पहिरोले विभिन्न स्थानमा ठुलो जनधनको क्षति पुर‍्यायो । सोही बाढी पहिरोको प्रकोपबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका पनि अछुतो रहन सकेन । यसै वर्ष वर्षातपछि आएको ठुलो बाढी पहिरोले यहाँ ठुलो क्षति पुर्याएको छ । यहाँका कतिपय मानवबस्ती अझै पनि उच्च जोखिममा छन् । जसले गर्दा यहाँका आम सर्बसाधरणहरु त्रसित बनेका छन् ।
बाढी पहिरोले पारेको यो संकट समाधान गर्नका लागी मेलम्ची नगरपालिकाका जनप्रतिनिधिहरु अहिले नगरबासीहरुको धरदैलोमा पुगेर वास्तविक अवस्थाको निरिक्षण गरिरहेका छन् । निरिक्षणको क्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले पहिलो प्राथमिकता बाढी पहिरोबाट विस्थापित भएकाहरुलाई व्यवस्थित वासस्थान गरिने र उच्च जोखिमका बस्तिहरुलाई उपयुक्त स्थान हेरेर स्थानतरण गरिने बताउनु भयो । कोरोना महामारी एकातिर प्राकृतिक प्रकोप एकातिर यि दुबै जुद्धनु पर्ने अहिलेको पहिलो प्राथामिकता छ, नगरप्रमुख अर्यालले बताउनु भयो ।
गत भदौ ९ गते बसेको नगर बिपद व्यवस्थापन समितिको निर्णय बमोजिम जोखिमयुक्त घर तथा बस्तीको निरिक्षण गर्ने निर्णय गरेको थियो । निरिक्षणका क्रममा नगरपालिकाकी उप प्रमुख तथा नगर विपद व्यवस्थापन समितिको संयोजक भगवती नेपालले नगरमा पर्ने आवश्यक सहयोग जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सरकारलाई समेत विवरण पठाइने बताउनु भयो ।
निरक्षणकै क्रममा मेलम्ची नगरपालिका वडा नं ८ को पनि केही स्थान जोखिममा रहेको अनुगमन टोलिले निष्कर्श निकालेको छ । यहाँको खैरे बस्ती पहिलो जोखिमा रहेको र भौगोलीक अध्ययन गरी सो बस्ती लगाएत समुदायसंग छलफल गरी बस्ती स्थान्तरण गर्नको लागि सम्बन्धित निकाय संग पहल गरिदिन वडा नं ८ का प्रमुख ठंकराज गिरीले प्रस्ताव गर्नु भयो ।

निरिक्षणका क्रममा मेलम्ची नगरपालिका वडा नं ३ र ६ का वडा प्रमुख, ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रमुख र विपद ब्यवस्थापन शाखाका प्रमुख इन्जिनियर जित बहादुर कार्की समेत उपस्थित रहेको थियो । यो अनुगमन क्रमश सबै वडाहरुमा गर्दै जाने र यसको १५ दिन भित्र प्रतिवेदन पेश गर्ने तयारी भइरहेको विपद व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]