१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

सिडिओ साब लाइसेन्सको ट्रायल परीक्षामा फेल

Logo

भद्रपुर, श्रावण २०
लाइसेन्सको लागी लिइने ट्रायल परीक्षामा झापाका (सिडिओ) प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल फेल भएका छन् । दाहालले कार, जीप, डेलिभरी भ्यानको लाइसेन्स लिन खोज्दा ट्रायलमा फेल भएका हुन् ।
गत मंगलबार बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमै पुगेर उनले ट्रायल परीक्षा दिएका थिए । फेला भए लगतै प्रजिअ दहालको प्रवेश पत्र ट्राफिक प्रहरीले परीक्षण स्थलमै च्याती दिएका थिए । पछिल्लो समय सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता र सेटिङमा लाइसेन्स वितरण गर्ने गरेको गुनासो बढेपछि यथार्थ बुझ्नलाई पनि आफै परिक्षामा सहभागी भएको प्रजिअ दाहलको भनाई छ ।
ट्रायल परिक्षा दिने क्रममा प्रजिअ दाहाल एट चिन्ह कटाउन असफल भएका थिए । अनुत्तीर्ण भए पनि १५ दिनपछि पुनःट्रायल परीक्षा दिने प्रजिअ दाहालले प्रतिक्रया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]