०३ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

विराटनगरमा अन्दोलनकारी आक्रमक

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

विराटनगर, माघ २२
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टीले (नेकपा) आज आह्वान गरेको देशव्यापी आमहड्ताको प्रभाव विराटनगरमा समेत परेको छ ।
बन्दकर्ताहरुले विहानदेखिनै चार चक्के सवारीहरु चल्न दिएका छैनन् । उनीहरुले ठाँउ–ठाँउमा टायर बालेर सवारी आवत जावतमा अवरोध पुर्याई रहेका छन् । दुइ चक्के सवारी तथा सिटिसफारीहरु फाटफुट रुपमा गुडिरहेका छन् ।
विराटनगरका प्राय चोकहरुमा हड्ताल सफल बनाउन बन्दकर्ताहरु समुह बनाएर बसेका छन् । बरगाछी, शनिमन्दिर, जनआन्दोलन चोक लगायतका स्थानमा बन्दकर्ता समूह–समूह बनाएर सडकमा निस्किएका छन् । उनीहरुले बिहानदेखि नै बजारक्षेत्रमा पसलहरु खोल्न दिएका छैनन् । विराटनगरको विद्यालयहरुपनि संचालनमा आएको छैन् । बैंक तथा वित्तयसंस्थाहरु भने सुरक्षा निकायको कडा निगरानीमा खुलिरहेको छ ।
यसैक्रममा विराटनगरको शनिमन्दिरमा बन्दकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् । बन्दकर्ताले बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड समेत गरेका छन । सरकारी गाडी तोडफोड गरेको आरोपमा नेपाल समूहका पाँचजना कार्यकर्तालाई मोरङ प्रहरीले गिरफ्तार समेत गरेका छ ।
प्रहरी धरपकड गरेको भन्दै विराटनगरमा अन्दोलनकारीहरु झन झनै आक्रमक बनेका छन् ।

फाेटाे : पिताम खतिवडा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]