१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा अन्दोलनकारी आक्रमक

Logo

विराटनगर, माघ २२
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टीले (नेकपा) आज आह्वान गरेको देशव्यापी आमहड्ताको प्रभाव विराटनगरमा समेत परेको छ ।
बन्दकर्ताहरुले विहानदेखिनै चार चक्के सवारीहरु चल्न दिएका छैनन् । उनीहरुले ठाँउ–ठाँउमा टायर बालेर सवारी आवत जावतमा अवरोध पुर्याई रहेका छन् । दुइ चक्के सवारी तथा सिटिसफारीहरु फाटफुट रुपमा गुडिरहेका छन् ।
विराटनगरका प्राय चोकहरुमा हड्ताल सफल बनाउन बन्दकर्ताहरु समुह बनाएर बसेका छन् । बरगाछी, शनिमन्दिर, जनआन्दोलन चोक लगायतका स्थानमा बन्दकर्ता समूह–समूह बनाएर सडकमा निस्किएका छन् । उनीहरुले बिहानदेखि नै बजारक्षेत्रमा पसलहरु खोल्न दिएका छैनन् । विराटनगरको विद्यालयहरुपनि संचालनमा आएको छैन् । बैंक तथा वित्तयसंस्थाहरु भने सुरक्षा निकायको कडा निगरानीमा खुलिरहेको छ ।
यसैक्रममा विराटनगरको शनिमन्दिरमा बन्दकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् । बन्दकर्ताले बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड समेत गरेका छन । सरकारी गाडी तोडफोड गरेको आरोपमा नेपाल समूहका पाँचजना कार्यकर्तालाई मोरङ प्रहरीले गिरफ्तार समेत गरेका छ ।
प्रहरी धरपकड गरेको भन्दै विराटनगरमा अन्दोलनकारीहरु झन झनै आक्रमक बनेका छन् ।

फाेटाे : पिताम खतिवडा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]