०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नियम समय-सापेक्ष नभएको पेट्रोलियम ढुवानी व्यवसायीहरुको गुनासो

Logo

विराटनगर , माघ ३०
पुर्वाञ्चलका पेट्रोलियम ढुवानी व्यवसायीहरुले ढुवानी सम्बन्धी नियम कानुनहरु समय सापेक्षिक बनाउनु पर्ने माग गरेका छन् ।
पुर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको १४ औं साधारणसभामा बोल्दै अधिकांस ढुवानी व्यवसायीहरुले नेपाल आयल निगम समक्ष उक्त माग अघि सारेका हुन् ।

कार्यक्रममा बोल्दै पुर्वान्चल पेट्रोलियम ढुवानी व्यवसायीसंघका अध्यक्ष गुणराज निरौलाले पेट्रोलियम ढुवानीमा लाग्ने भाडादरमा १० बर्ष देखी परिवर्तन नभएकाले भाडा दररेट सम्सेधन गर्नुपर्ने माग राखेका थिए । साथै उहाँले नेपाल आयल निगमको विराटनगर प्रदेशिक कार्यालय साँधुरो भएकाले फराकिलो ठाउँमा सार्नु पर्ने प्रस्ताब राखेका थिए ।

कार्यक्रमका प्रमुख अथिती संघका केन्दीय अध्यक्ष खगेश्वर बोहोराले पेट्रोलियम ढुवानी व्यवसायीहरुको माग हरु प्रती आयल निगमलाई गम्भीर हुन आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै अन्य पेट्रोलियम ढुवानी व्यवसायीहरुले हाल सम्म निगमले आपतकालिन अबस्थामा अपनउनु पर्ने बिधीहरुको बारे कुनै पनी प्रकारको तालिम नदिएको गुनासो गरेका थिए ।
आयल निगमको तर्फबाट बोल्दै महानिर्देशक सुरेन्द्र कुमार पौडेलले व्यवसायीहरुको सबै जायज माग निगमले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]