१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अनाधिकृत सिलीण्डर बिक्री गर्ने विराटनगरका व्यापारी सेठिया पक्राउ

Logo

विराटनगर ,फागुन २
अनाधिकृत रुपमा ग्यासको कारेबार गर्ने विराटनगरका एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार गोप्य सुचनाको आधारमा विराटनगर ९ स्थित सिद्धार्थ ट्रेडर्समा छापा मारेको थियो । उक्त छापाबाटट्रेडर्सले विभिन्न कम्पनीका सिलीण्डरहरु अनाधिकृत रुपमा बिक्री गर्दै आएको खुलेको थियो । सिद्धार्थ ट्रेडर्सका सन्चालक महेन्द्र सेठिया हुन् ।
सो ट्रेडर्सले २ वटा कम्पनीका मात्र ग्यासका सिलिण्डर बेच्न पाउने अनुमति लिएको तर अन्य कम्पनीका सिलीण्डरहरु पनि छापा मार्ने क्रममा बरामद भएको छ ।
ट्रेडर्सबाट बिभिन्न कम्पनीका ६१ थान ग्यास सिलेण्डर बरामद गरेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]