१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगर नजिकै सन्ध्याकालीन बजार

Logo

विराटनगर फागुन १३
नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले विराटनगर नजिकैको कटहरी गाउँपालिकामा साप्ताहिक सन्ध्याकालीन बजार सुरु गर्न लागेको छ । उक्त बजारको उदेश्य मोरङ र सुनसरी जिल्लाका किसान, घरेलु तथा साना उद्यमीहरुबाट उत्पादित बस्तुको बजार प्रवर्द्धन गर्ने रहेको छ ।
कटहरीकाे कृषी थाेक बजारकाे हाताभित्र स‌चालन हुन लागेकाे साे सन्ध्याकाली बजारमा सागसब्जी, स्ट्रबेरी, मह, नौनी, नेवारी खाजा सेट, क्राफ्टका सामान तथा नेपाल अपाङ्ग महिला सङ्घले उत्पादन गरेको वस्तु साथै किसान, घरेलु तथा साना उद्यमीबाट उत्पादित बस्तु हरु रहने मञ्चका सचिव श्वेता तुलाधर बताईन् ।
साे बजार फागुन १४ शुक्रबारदेखि साप्ताहिक रूपमा साँझ ३ देखि राति ८ बजेसम्म खुला राखिने र  १५ वटा स्टलबाट पहिलाे चरणमा स‌न्ध्याकालीन बजारकाे शुरुवात गरीने मञ्चका अध्यक्ष सृजन प्याकुरेले जानकारी दिएका छन् । बजार सञ्चालनको व्यवस्थापनका लागि मञ्चले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघसँग सहकार्य गर्ने सहमति भएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]