०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

४० टन म्याद सकिएका दाल बरामद, विराटनगरका व्यापारी बोहरालाई ३ लाख रुपैयाँ जरिवना

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

विराटनगर, फागुन १३
विराटनगर–७ स्थित जैसानी ट्रेड कन्र्सनको गोदाम उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बुधबार शिलबन्दी गरेको छ । उक्त ट्रेड कन्र्सनले पाँच वर्ष अगाडी म्याद सकिएको खाद्यवस्तु अहिलेसम्म बिक्री वितरण गरिरहेको पाइएपछि गोदाम शिलबन्दी गरिएको हो ।
वाणिज्य कार्यालयले बुधबार गरेको अनुगमनमा जैसानी टे«ड कन्सनको गोदामबाट ४० टन म्याद सकिएको रहरको दाल बरामद गरेको थियोे । २०१३ मा प्याकेजिङ गरिएको रहरको दालको बोरामा म्याद सकिने मिति सन् २०१५ उल्लेख थियो । तर दाल आयातकर्ता जैसानी ट्रेड कन्सर्नले म्याद सकिएको दालको बोरामा सन् २०२० मा प्याकिङ भई सन् २०२२ मा म्याद गुज्रिने भनी अर्को स्टिकर टाँसेर पसल र बिक्रेताहरुलाई बिक्री गरिरहेको पाइएको थियोे ।
उक्त ट्रेड कन्सनकका प्रोपाइटर निखिल जैसानीलाई उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तीन लाख रुपैयाँ जरिवना समेत गरेको छ ।
साथै विराटनगरको गुद्रीमा रहेको अनोखी टे«ड एण्ड सप्लार्यमा १२ बोरा र ओम किराना पसलमा ३ बोरामा सेही ब्राडको म्याद सकिएको रहरको दाल भटिएको छ । अनोखीलाई २० हजार र ओम किरानलाई ५ हजार रुपैयाँ जरिवना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]