२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

केन्द्रले थोत्रो गाडी पठाएपछि मुख्यमन्त्रीले किनेँ ल्यान्डक्रुजर

Logo

काठमाडौं,श्रावण २५

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सातैवटा प्रदेशमध्ये सबैभन्दा महंगो गाडी चढ्ने मुख्यमन्त्री हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा हाल साढे २ करोड पर्ने टोयटाको ल्यान्डक्रुजर चढ्छन् । यति महंगो गाडी चढेपछि मुख्यमन्त्री गुरुङ सुबिधाभोगी भएको भन्दै अहिले देशैभरी आलोचना भईरहेको छ ।
आलोचना बढेपछि मुख्यमन्त्री गुरुङले महंगो गाडी चढ्नुपछिको रहस्य सार्वजनिक गरेका छन् । केन्द्र सरकारले प्रदेशको मुख्यमन्त्रीलाई अपमानजनक व्यवहार गरेकाले ल्यान्ड क्रुजर किन्न आफु बाध्य भएको गुरुङको भनाई छ । केन्द्र र प्रदेश सरकारबिच हुने बैठकमा भाग लिन काठमाडौं जादा संघिय सरकारले पटक पटक थत्रो, कमजोर, सानो र झण्डाबीनाको गाडी पठाएर मुख्यमन्त्रीहरुकै अपमान गर्ने गरेको उनले बताए ।

CM, Gurung

‘कुनै पनि संघिय सरकारको बैठकमा भाग लिन काठमाडौं पुग्दा ३ जानापनि नअट्ने सानो र थोत्रो गाडी मुख्यमन्त्रीको लागी संघिय सरकारले पठाउने गर्छ’ उनले थपे ‘एक दिन गौशालाबाट बैठकमा भाग लिन जादा जादै म चढेको गाडी बिच बाटोमै सिज भयो मैले त्यहाँ निजिक रहेको प्रहरीको साहयता लिएर बैठकमा आउनु पर्यो, यो भन्दा लज्जास्पद एउटा मुख्यमन्त्रीको लागी के हुन सक्छ ?’
केन्द्रिय सरकारको यस्तो व्यवहारले मुख्यमन्त्री जस्तो पदको गरिमा घटाएको उनको तर्क छ । उनले भने ‘ मलाई व्यक्तिगत रुपमा केही गर्नुपर्दैछ तर जब म प्रदेशको प्रतिनिधि भएर आएको हुन्छु त्यती बेला मेरो प्रदेशको इज्जतको सबाल हुन्छ र आफ्नो गण्डकी प्रदेशको प्रतिष्ठमा आँच आउने कुरा म सहन सक्दिन ।’
हाल भईरहेको आलोचनालाई कटाक्ष गर्दै मुख्यमन्त्रीले आढाई करोडको गाडी चढ्नु समान्य कुरा भएको गुरुङले प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]