१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

जनप्रतिनिधिको क्रसर उद्योगले गाँउ जोखिममा,जनता आन्दोलीत

Logo

विराटनगर,फागुन १६ 
जनप्रतिनिधिको संलग्नता रहेको क्रसर उद्योगले गाँउ नै जोखिममा परेपछि केरावबारीको आमजङ्गी गाँउबासीले गाँपालीकाको कार्यालय घेराउन गरेका छन् ।
क्रसर उद्योगले अवैद्य उत्खनन गरेर जोखिम निम्त्याए पछि केराबारीका गाँउपालीका ८ का जनता उद्योग विरुद्ध अन्दोलत भएका हुन ।केराबारी गाँउपालीकाका अध्यक्ष रोहित कार्कीको समेत लागानी रहेको महादेवा मिनरल इन्ड्रष्ट्रिज र शिवम क्रसर उद्योगले खदम खोलामा अवैद्य गिटी बालुवा उत्खनन गरेर जोखिम निम्त्याएको स्थानियले बताएका छन् । क्रसर उद्योगी समेत रहेका गाँउपालीका अध्यक्षको मिलेमतोमा प्रकृतिक स्रोतसाधनको दोहन भएको भन्दै स्थानीयले गाँउपालीकाको कार्यालय घेराउन गरेका थिए ।
अध्यक्ष कार्की सँगै इटहरी उद्योग बाणीज्य संघका अध्यक्ष भिम पौडेलका उद्योगले सो क्षेत्रमा खोलाका गिट्टि बालुवाको अवैद्य उत्खनन वर्षौ देखि गर्दै आएका छन् ।
उद्योगका कारण अमजुङ्गी बस्तीका ५ सय घर जोखीममा परेपछि स्थानियले क्रसर उद्योग बन्द गर्न माग गर्दै गाँउपालीकाको कार्यालय घेराउ गरेका थिए । उनीहरुले क्रसर उद्योग बन्द गर्न माग गर्दै उद्योगी पौडेल र अध्यक्ष कार्की विरुद्ध नाराबाजी गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]