१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

झण्डै भयो जिवित शिशुको अन्त्येष्टि

पुरिनै लाग्दा खोल्डोमै चल्मलाए शिशु
Logo

चितवन, श्रावण २६

मृत भनी खाल्डोमा पुर्न लागीसकेको एक जुम्ल्याहा शिशु एकाएक चल्मलाएपछि ति शिशुलाई पुनः अस्पताल भर्ती गरिएको छ । सँगै मृत्यु भएको भनि दफन गरिसकेको जुम्ल्याहा मध्ये अर्को शिशुलाई पनि पुनः उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल पु¥याएको छ ।
यो घटना चितवनको हो ।
चितवन चनौलीकी एक महिलाले केहि समयअघि चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशु जन्म दिएकी थिइन् । प्रहरीका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अस्पतालले घोषणा गरेको थियो । अस्पतालबाट डिस्चार्ज भई घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी परिवारजनले अन्त्येष्टिका लागी देवघाट पु¥याएको थियो ।
परिवारजनका अनुसार खाल्डोमा राख्ने क्रममा शरिर चल्मलाएपछि शिशुलाई पुनः चितवन मेडिकल कलेज अस्पताल फर्काइएको हो । उक्त घटना शङ्कास्पद भएको भन्दै प्रहरीले दफन गरिसकेको अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागी पठाएको थियो ।
परिवार सदस्यबाटै उक्त घटना घटाईएको हुन सक्ने प्रहरीको शंका छ । हाल शिशुका बुवा, फुपू दिदी र थप एकजनालाई प्रहरीले नियन्त्रणमा लिई उक्त विषय अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]