१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

सन्थाल बस्ति शिलान्यास गर्न प्रधानमन्त्री उर्लाबारी आउदै

Logo

विराटनगर,१८ फागुन
मोरङको उर्लाबारीमा सन्थालहरुको लागी निर्माण गरिने एकिकृृत बस्तीको शिलान्यास गर्न प्रधानमन्त्री केपी ओली आज आउने भएका छन् ।
विपन्न सन्धाल परिवारका लागी उर्लाबारीमा एक सय ३६ वटा घर निर्माण गरिने भएको हो । बस्ति निर्माणको लागी करिब ३० करोड रुपैयाँको लाग्ने अनुमान गरिएको छ ।
बस्तीको लागि आवश्यक पर्ने सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाई, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनलगायतको निर्माण गर्ने गरी गुरुयोजना तयार गरिएको छ ।
सन्थालका लागी उर्लाबारी नगरपालिका–८ र ९ को सीमामा रहेको रातोहोली खोल्सीको छेउमा एकीकृत बस्ती बन्ने भएको हो । शिलान्यास पछि शहरी विकास मन्त्रालयको जनता आवास कार्यक्रममार्फत बस्ती निर्माण हुने उर्लाबारी–८ का वडा अध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए ।
रातोहोलीको उत्तर–दक्षिण फैलिएको सात सय ८० मिटर लम्बाईभित्र पर्ने ५२ हजार आठ सय २८ वर्ग मिटर जग्गामध्ये ३१ हजार सात सय ६८ वर्ग मिटरभित्र बस्ती विकास हुने छ । प्रत्येक परिवारका लागि दुई कोठा, एक÷एक भान्सा र शौचालय भएको घर बन्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]