०२ आश्विन २०८२, बिहिबार
18-09-2025 , Thu
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

महानगरविरुद्ध सुकुम्बासी आन्देलित

Logo
प्रकाशित शनिबार, फाल्गुण २२, २०७७

विराटनगर , फागुन २२
गोग्राहा चोकका सुकुम्बासीहरुले जबर्जस्ती घर भत्काउन खोजेको भन्दै विराटनगर महानगरविरुद्ध विरोधमा उत्रिएका छन् ।
महानगरपालिका–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा झण्डै ४० बर्षदेखि बस्दै आएका उनीहरुले महानगरपालिकाले जबर जस्ती हटाउन खोजेको भन्दै विरोध गरेका हुन् ।
महानगरपालिकाले शुक्रबार उनीहरूलाई घर खाली गरिदिनु भन्दै पत्र पठाएको थियो । तर सोही दिन अपरान्ह नगर प्रहरीलाई डोजरसहित घर भत्काउन पठाएको थियो ।
स्थानीयले जबरजस्ती घर भत्काउन लागेको भन्दै प्रदर्शनमा महानगर प्रमुख भीम पराजुलीको राजीनामा माग समेत गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]