२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

पेट्रोलियम पदार्थ अपचलन गर्ने २ जना पक्राउ

Logo

विराटनगर ,चैत्र २
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट भारत जाने तयारीमा रहेको ट्याङ्करमा डिजेल भेटिएपछि गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ ।
को १ ख ५९१२ नम्बरको ट्याङ्करले भारत फर्किने बेलामा पुनः डिजेल लोड गरेको भेटिएपछि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिइएको हो । भारत अररिया मिरगञ्ज बस्ने २६ वर्षको मोहमद सजाद र २१ वर्षको ईमरोज आलमलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
उनीहरु लाई नेपाल आयल निगमको बिनियम तथा प्रचलित कानून विपरित पेट्रोलिम पदार्थ अपचलन गरि राजश्व चुवाहट गरेको आरोपमा अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग […]