३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

सामाजिक सुरक्षा कोष प्रति मजदुरको गुनासो

Logo
✍ पिताम खतिवडा

विराटनगर ४ चैत्र ।
सरकारले निजि क्षेत्रमा कार्यरत मजदुरहरुको लागी विभिन्न योजना सहित तिन वर्ष अघि ल्याएको सामाजिक सुरक्षा कोष प्रति मजदुरहरुले गुनासो गरेका छन् ।
कोषको कार्यविधिको दोश्रो संसोधन पछि विराटनमा भएको उद्योगी:व्यापारी,मजदुर र कोष विचको त्रिपक्षीय अन्तरक्रियामा उनीहरुले गुनासो गरेका हुन ।
अन्तरक्रियामा सहभागि मजदुर नेताहरुले कोषको विषयमा मजदुरहरु अझै अनविज्ञ रहेको जिकिर गरेका थिए । नेपाल ट्रेडयूनियन महासंघका किसोर धमलाले कोषको विषयमा उद्योगीहरुलाई प्रष्ट बनाउनु पर्ने उनले बताए । उनले संचय कोषमा जम्मा भएको आफ्नो रकम लिन जादा मृत्यु भएको वा राजीनामा पत्र माग्ने गरेको बताए ।
मजदुर नेता अनिल पोखरेलले सामाजिक सुरक्षा कोषको विषयमा मजदुरमा अन्योलता रहेको बताए । उनले कोषमा सहभागिता जनाउन नचाहने श्रमीकहरुलाई के गर्ने भन्दे प्रश्न गरेका थिए ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघ सँगको सहकार्यामा मंगलबार अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले कोषको विषमा अस्पष्टता रहेकोले सहभागि हुन कठीन भइरहेको जिकिर गरे । कोषको उद्देश्य राम्रो हुदा हुदै पनि यस सम्बन्धमा आएका सुचना र समाचरले अन्यौलता सृजना गरिरहेको धारणा व्यक्त गरे ।
उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले कोषमा सुरक्षाको ज्ञारेन्टी नभएको अवस्थामा उद्योगीहरुले छुट्टै बैंक खातामा रकम जम्मा गरिरहेको बताए ।
अन्तरक्रियामा सहभागि उद्योगी÷व्यापारी र मजदुरहरुले कोषको सानो कामको लागी पनि काठमाण्डौ नै पुग्नु पर्ने भएकोले प्रादेशिक कार्यालय स्थापना गर्ने माग गरेका थिए ।
सामाजिक सुरक्षा कोषले आफ्ना योजनाहरुको बारेमा सुनसरी मोरङ औद्योगीक करिडोरका उद्योगी,व्यवसायी र मजदुरहरु सँग अन्तरक्रिया गरेको जनाएको छ ।
कोषले कार्यविधि संसोधन गरेर माघ २९ बाट कार्यान्वयनमा ल्याएको छ । कोषले संसोधन र अन्योलता हटाउन अन्तरक्रिया गरेको कोषका निर्देशक उत्तमराज नेपालले बताए । निजि क्षेत्रका मजदुरहरुको लागी कोषले उपचार र दुर्घटना विमा तथा पेन्सन पनि उपलब्ध गराउने निर्देशक नेपालले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]