१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पूर्ण क्षमतामा चल्नथाले उद्योग

Logo

विराटनगर, चैत्र ६
कोभिड १९ को कारण लामो समय गिजोलिएको सुनसरी मोरङ औद्यागीक करिडोका उद्योगहरु पूर्ण क्षमतामा संचालन हुन थालेका छन् ।
कोभिडको कारण भारिमात्रामा आफ्नो उत्पादन कटौती गरेका उद्योगहरुले बजारमा माग बढे सँगै अधिकतम उत्पादन गर्न थालेका हुन । कोभिड महामारी र नेपालको राजनैतिक अस्थिरताको कारणले प्रभाववित बनेको सुनसरी मोरङ औद्योगीक करिडोरका उद्योगहरुले उत्पादन बढाएका हुन ।
अहिले सुनसरी मोरङ करिडोरका शतप्रतिशत उद्योग संचालनमा छन् । उद्योगहरुले बजारको माग अनुसार आफ्नो उत्पादन गरिरहेको उद्योगीहरुले बताएका छन् । सुनसरी मोरङ औद्योगीक करिडोका उद्योगहरुले अहिले ८० देखि ९० प्रतिसत सम्म आफ्नो उत्पादन गरिरहेको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरले बताए । उद्योगको उत्पादन पूर्णरुपमा पुरानै अवस्थामा आई नपुगे पनि आउने तरखरमा रहेको अध्यक्ष भिमिरेले बताए ।‘सबै उद्योगहरु संचालन भएका छन् । बैंक,विजुली लगायतको समस्या धेरै समाधान भइसकेकोले अहिलेको अवस्था लाई नराम्रो भन्न सकिदैन,’ उनले भने ‘अहिले पनि समस्या छ भन्नु राम्रो हुदैन । कोभिड पनि नियन्त्रणमा आउदै छ । भन्सार लगायत सबैतिर सुधार हुदै गएको छ ।’
कोभिड १९ विरुद्धको खेप सुरु भए सँगै त्यसको डर सर्वसाधारणमा हराउदै गएको छ । बजार पुरानै अवस्थामा चहलपहल हुन थालेको छ । बजारमा खपत बढे सँगै उद्योगहरुले उत्पादन बढाउन थालेका हुन ।
अत्याआवश्यक, खाद्यान्न,औषधि,लत्ता कपडा लागायतका उद्योगहरुले सुरुदेखि नै संचालनमा रहेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । करिडोरका उद्योगहरुले पुरानै अवस्थामा आफ्नो उत्पादन सुरु गरिसकेको उनले बताए । पर्यटन र मनोरञ्जन बाहेका क्षेत्रहरु त सबै पूर्ववत अवस्थामा फर्किसकेको उनले बताए । भारतिय पर्यटक नेपालको लागी महत्व पूर्ण भएकोले त्यस तर्फ पनि सरकारले विचरा गर्नु पर्ने उनले बताए । बजारको माग अनुसार सुनसरी मोरङ करिडोरका उद्योगहरुले आफ्नो उत्पादन गरिरहेको अध्यक्ष मुन्दडाको भनाई छ ।
सुनसरी मोरङ करिडोरमा जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कट पाता, प्लाष्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जीआइ पाइप, चामललगायतका उद्योग छन् । यहाँका उद्योगमा ४५ हजारभन्दा बढी श्रमिक कार्यरत छन् ।
सुनसरी–मोरङ करिडोरका उद्योगमा कार्यरत कामदार तथा मजदुरमध्ये पाँच प्रतिशत भारतीय छन् । उद्योगमा प्राविधिक र लेखा प्रणाली हेर्ने भारतीय दक्ष कामदार हुने गरेका छन् ।
यस औद्योगिक करिडोरमा ६ सय ५० जति साना ठूला उद्योग रहेका छन् । करिडोरमा निर्यातमुखी ठूला उद्योगको संख्या ६० को हाराहारीमा रहेका छन् । यस करिडोका उद्योगहरुमा करिब पाँच अर्ब रुपैयाँ लगानी रहेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]