०९ मंसिर २०८२, सोमबार
24-11-2025 , Mon
Gold Silver Price (4 Mansir 2082, Thurs)
Fine Gold 1 Tola NRs. 243500
Silver 1 Tola Nrs. 3200

पूर्ण क्षमतामा चल्नथाले उद्योग

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

विराटनगर, चैत्र ६
कोभिड १९ को कारण लामो समय गिजोलिएको सुनसरी मोरङ औद्यागीक करिडोका उद्योगहरु पूर्ण क्षमतामा संचालन हुन थालेका छन् ।
कोभिडको कारण भारिमात्रामा आफ्नो उत्पादन कटौती गरेका उद्योगहरुले बजारमा माग बढे सँगै अधिकतम उत्पादन गर्न थालेका हुन । कोभिड महामारी र नेपालको राजनैतिक अस्थिरताको कारणले प्रभाववित बनेको सुनसरी मोरङ औद्योगीक करिडोरका उद्योगहरुले उत्पादन बढाएका हुन ।
अहिले सुनसरी मोरङ करिडोरका शतप्रतिशत उद्योग संचालनमा छन् । उद्योगहरुले बजारको माग अनुसार आफ्नो उत्पादन गरिरहेको उद्योगीहरुले बताएका छन् । सुनसरी मोरङ औद्योगीक करिडोका उद्योगहरुले अहिले ८० देखि ९० प्रतिसत सम्म आफ्नो उत्पादन गरिरहेको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरले बताए । उद्योगको उत्पादन पूर्णरुपमा पुरानै अवस्थामा आई नपुगे पनि आउने तरखरमा रहेको अध्यक्ष भिमिरेले बताए ।‘सबै उद्योगहरु संचालन भएका छन् । बैंक,विजुली लगायतको समस्या धेरै समाधान भइसकेकोले अहिलेको अवस्था लाई नराम्रो भन्न सकिदैन,’ उनले भने ‘अहिले पनि समस्या छ भन्नु राम्रो हुदैन । कोभिड पनि नियन्त्रणमा आउदै छ । भन्सार लगायत सबैतिर सुधार हुदै गएको छ ।’
कोभिड १९ विरुद्धको खेप सुरु भए सँगै त्यसको डर सर्वसाधारणमा हराउदै गएको छ । बजार पुरानै अवस्थामा चहलपहल हुन थालेको छ । बजारमा खपत बढे सँगै उद्योगहरुले उत्पादन बढाउन थालेका हुन ।
अत्याआवश्यक, खाद्यान्न,औषधि,लत्ता कपडा लागायतका उद्योगहरुले सुरुदेखि नै संचालनमा रहेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । करिडोरका उद्योगहरुले पुरानै अवस्थामा आफ्नो उत्पादन सुरु गरिसकेको उनले बताए । पर्यटन र मनोरञ्जन बाहेका क्षेत्रहरु त सबै पूर्ववत अवस्थामा फर्किसकेको उनले बताए । भारतिय पर्यटक नेपालको लागी महत्व पूर्ण भएकोले त्यस तर्फ पनि सरकारले विचरा गर्नु पर्ने उनले बताए । बजारको माग अनुसार सुनसरी मोरङ करिडोरका उद्योगहरुले आफ्नो उत्पादन गरिरहेको अध्यक्ष मुन्दडाको भनाई छ ।
सुनसरी मोरङ करिडोरमा जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कट पाता, प्लाष्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जीआइ पाइप, चामललगायतका उद्योग छन् । यहाँका उद्योगमा ४५ हजारभन्दा बढी श्रमिक कार्यरत छन् ।
सुनसरी–मोरङ करिडोरका उद्योगमा कार्यरत कामदार तथा मजदुरमध्ये पाँच प्रतिशत भारतीय छन् । उद्योगमा प्राविधिक र लेखा प्रणाली हेर्ने भारतीय दक्ष कामदार हुने गरेका छन् ।
यस औद्योगिक करिडोरमा ६ सय ५० जति साना ठूला उद्योग रहेका छन् । करिडोरमा निर्यातमुखी ठूला उद्योगको संख्या ६० को हाराहारीमा रहेका छन् । यस करिडोका उद्योगहरुमा करिब पाँच अर्ब रुपैयाँ लगानी रहेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर ५ ।  चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजाका साथ नाम निकाल्न सफल भएका आफ्ना विद्यार्थीहरूलाई विराटनगरको कान्तिपुर कलेजले सम्मान गरेको छ। विराटनगर महानगरपालिका–१० मा अवस्थित कलेजले शुक्रबार एक विशेष कार्यक्रम आयाेजना गरी एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल तीन विद्यार्थी सहित वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने ४३ विद्यार्थीहरूलाई सम्मान गरेको […]

काठमाडौं,४ मंसिर । जेनजी आन्दोलनपछि फागुन २१ गतेका लागि तोकिएको चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा ३६ वटा दल दर्ता हुने भएका छन्। आयोगले कात्तिक मसान्तसम्मको अवधि दिएर दल दर्ताका लागि समय दिएको थियो। दर्ता अवधिमा आयोगमा ३६ वटा दलले दर्ताका लागि निवेदन दिएका छन्। जसमा सातवटा दर्ता भएर प्रमाणपत्र प्राप्त गरेका छन् भने २९ वटा दलले दर्ताका […]

काठमाडौं,४ मंसिर । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । मण्डलले पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेसँगै उनी पदमुक्त भएका हुन् । मधेश प्रदेशसभाको बैठकमा प्रस्तावउपर छलफल भई मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले उनलाई पदमुक्त गरेको हो । प्रस्तावको पक्षमा ७६ सांसदले मतदान गरेका थिए । प्रदेशसभाकी उपसभामुख बबिता कुमारी […]