२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

साईबर–सेना प्रयोग गरी अभद्र कमेन्ट गर्ने कार्यप्रति ध्यानाकर्षण

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

काठमाडौं, चैत ०७
पत्रकार तथा संचारमाध्यमको मानमर्दन हुनेगरी समाजिक संजालमा आएका अभिव्यक्ति प्रति जनचर्चा डट कमको ध्यानाकर्षण भएको छ । यस संचारमाध्यमले प्रकाशन गरेको विभिन्न समाचारहरुमा केही व्यक्ति विषेशले साईबर सेना तथा फेक आईडिको प्रयोग गरी पत्रकार तथा संचारमाध्यमको मानमर्दन हुने खाल्को अभिव्यक्ति कमेन्ट गर्न लागएको संस्थाको ठहर छ ।

समाचार प्रकाशनपछि भएको भण्डारफोरबाट प्रभावित केही व्यक्तिहरुले साईबर सेनाको प्रयोग गरी संचारमाध्यम तथा पत्रकारको बदनाम गर्ने काम गरिरहेको संस्थाको बुझाई छ । अति निकृष्ट भाषा प्रयोग गरी कमेन्टमा गालीगौलौच गर्ने त्यस्ता व्यक्ति उपर कानुनी उपचार खोज्ने संस्थाले निधो समेत गरेको छ ।

संस्थाको मानमर्दन कार्यमा संलग्न रहेका साईबर सेनाको परिचालक पत्ता लगाउन जनचर्चा डटकमले छानविन समिति समेत खडा गरेको छ । उक्त छानविन समितिले गाली–गौलौच गर्ने व्यक्तिको पुर्ण व्यक्तिगत विवरण पत्ता लगाउने र त्यस्तो व्यक्तिको कनेक्सन को को सँग छ भन्ने कुरा पत्ता लगाउने छ ।

जनचार्चा डटकमको अधिकारिक फेसबुक पेजमा पोष्ट भएको समाचार र वेभसाईट भित्रको समाचारको कमेन्ट बक्समा समेत आएका गाली–गौलौचपुर्ण कमेन्टलाई यस संस्थाले प्रमाण स्वरुप स्क्रिनसट गरी राखेको छ । उक्त अपाचनिय कमेन्टहरुको स्क्रिनसर्ट राखी उक्त कमेन्टहरु डिलिट गर्ने संस्थाले निर्णय समेत गरेको छ ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]