२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

ईन्धन तस्करीको मुद्दा राजस्व अनुसन्धानको टेबलमा : घटनालाई सामसुम पार्न पम्प संचालक सक्रिय

Logo

विराटनगर , चैत्र १०
नेपाल आयल निगम प्रदेशीक कार्यालय विराटनगरबाट केहि दिन अघि नियन्त्रणमा लिइएको ट्याङकर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय इटहरीलाई जिम्मा लगाएको छ ।

सो ट्याङकर चैत १ गते, तस्करी गरी भारत लैजान लागेको २ हजार ६ सय ६० लिटर डिजल सहित नेपाल आयल निगम विराटनगरबाट पक्राउ परेको थियो ।
निगम तथा मोरङ प्रहरीले एक साता लामो अनुसन्धान सकेपछि थप तहकिकातका लागी उक्त घटनासँग सम्बन्धित कागजपत्र तथा ट्याङकर राजस्व अनुसन्धान ईटहरी पठाएको हाे ।

सो ट्याङकर लोडेड–डिजल सहित चैत १ गते आयल निगम विराटनगरमा लकिङको लागी पुगेको थियो । ट्याङकरमा पहिलादेखिनै डिजेल रहेको पाएपछि निगमको कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । नियम अनुसार कुनै पनि ट्याङकरले ईन्धन–लोड गरेर भारततर्फ लैजान पाउदैन ।

उक्त ट्याङकरका चालक र सहचालकलाई समेत पक्राउ गरी प्रहरीले अनुसन्धान गरीरहेको छ । पक्राउ परेको ट्यांकर चालक दलका २६ वर्षीय मोहम्मद सजाद र २१ वर्षका इमरोज आलमले प्रहरीलाई दिएको बयान अनुसार उक्त ट्यांकरमा मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवास्थित नीतेश ट्रेड नामको पम्पले डिजल भरेको थियो । महेशकुमार अग्रवालको पम्पले प्रतिलिटर २ रुपैयाँ बढी लिएर डिजल भरेको चालक दलको बयान छ । स्रोतले दिएको जानकारी अनुसार अग्रवालले च्यानल खडा गरी लामो समयदेखि तेल तस्करी गर्दै आएका छन् ।

सो ट्याङकर, ढुवानी व्यवसायी संघका सचिव चरणप्रित सिंहको भएको खुलेको छ । सिंह भने हाल फारर छन् । उता डिजल सप्लाई गर्ने आरोप खेपका अग्रवाल उक्त घटनालाई समासुम पार्न तर्फ लागीरहेका छन् । घटना सामसुम पार्नको लागी विभिन्न निकायका अधिकारीलाई अग्रवालले मोटो रकम अफर गरिरहेको स्रोतको दावी छ ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग […]