०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

ईन्धन तस्करीको मुद्दा राजस्व अनुसन्धानको टेबलमा : घटनालाई सामसुम पार्न पम्प संचालक सक्रिय

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

विराटनगर , चैत्र १०
नेपाल आयल निगम प्रदेशीक कार्यालय विराटनगरबाट केहि दिन अघि नियन्त्रणमा लिइएको ट्याङकर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय इटहरीलाई जिम्मा लगाएको छ ।

सो ट्याङकर चैत १ गते, तस्करी गरी भारत लैजान लागेको २ हजार ६ सय ६० लिटर डिजल सहित नेपाल आयल निगम विराटनगरबाट पक्राउ परेको थियो ।
निगम तथा मोरङ प्रहरीले एक साता लामो अनुसन्धान सकेपछि थप तहकिकातका लागी उक्त घटनासँग सम्बन्धित कागजपत्र तथा ट्याङकर राजस्व अनुसन्धान ईटहरी पठाएको हाे ।

सो ट्याङकर लोडेड–डिजल सहित चैत १ गते आयल निगम विराटनगरमा लकिङको लागी पुगेको थियो । ट्याङकरमा पहिलादेखिनै डिजेल रहेको पाएपछि निगमको कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । नियम अनुसार कुनै पनि ट्याङकरले ईन्धन–लोड गरेर भारततर्फ लैजान पाउदैन ।

उक्त ट्याङकरका चालक र सहचालकलाई समेत पक्राउ गरी प्रहरीले अनुसन्धान गरीरहेको छ । पक्राउ परेको ट्यांकर चालक दलका २६ वर्षीय मोहम्मद सजाद र २१ वर्षका इमरोज आलमले प्रहरीलाई दिएको बयान अनुसार उक्त ट्यांकरमा मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवास्थित नीतेश ट्रेड नामको पम्पले डिजल भरेको थियो । महेशकुमार अग्रवालको पम्पले प्रतिलिटर २ रुपैयाँ बढी लिएर डिजल भरेको चालक दलको बयान छ । स्रोतले दिएको जानकारी अनुसार अग्रवालले च्यानल खडा गरी लामो समयदेखि तेल तस्करी गर्दै आएका छन् ।

सो ट्याङकर, ढुवानी व्यवसायी संघका सचिव चरणप्रित सिंहको भएको खुलेको छ । सिंह भने हाल फारर छन् । उता डिजल सप्लाई गर्ने आरोप खेपका अग्रवाल उक्त घटनालाई समासुम पार्न तर्फ लागीरहेका छन् । घटना सामसुम पार्नको लागी विभिन्न निकायका अधिकारीलाई अग्रवालले मोटो रकम अफर गरिरहेको स्रोतको दावी छ ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]