०३ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

‘केही दिनमा थाहा पाइहाल्नु हुन्छ’– प्र.म. ओली

Logo
प्रकाशित सोमबार, साउन २७, २०७६

काठमाडौं,श्रावण २७
प्रधानमन्त्री केपी शर्मा ओली आज सिगांपुरबाट फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि श्रावण १८ गते सिंगापुरा गएका थिए ।
प्रधानमन्त्रीले यसपटक भ्रमणबारे पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् । स्वास्थ्यबारे पत्रकारहरुले जानकारी माग्दा ओलीले भने, ‘केही दिनमा थाहा पाइहाल्नु हुन्छ ।’
त्यती भनेर उनले पत्रकारसंगको संबाद टुंगाएका थिए । उनले आफ्नो त्यो भनाइलाई थप पुष्ठी गरेनन् । प्रधानमन्त्रीले निकट भविष्यमा नेपाली राजनितिमा आउने उताब–चढाब बारे केही भन्न खोजेको हो वा आफ्नै स्वस्थ्य अवस्थाबारे बताउन खोजेको हो भन्ने कुरा पत्रकारहरुले खुट्याउन सकेनन् ।
प्रधानमन्त्रीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]