१४ आषाढ २०८२, शनिबार
28-06-2025 , Sat
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

नेपाल पत्रकार महासंघको प्रदेशीक निर्वाचन : २१ पदका लागी ५६ जनाको उमेद्वारी

Logo
प्रकाशित शुक्रबार, चैत्र २०, २०७७

विराटनगर, चैत्र २०
चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागी प्रदेश १ मा ५६ जनाले उमेद्वारी दिएका छन् ।

बिहीबार भएको मनोनयनमा अध्यक्षमा मोहन काजी, लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेलीले उमेद्वारी दिएका छन् । त्यस्तै खुल्ला उपाध्यक्षमा अर्जुन जम्नेली राई, रोहितकुमार राई र लवदेव ढुङ्गानाले उमेद्वारी दिएका छन् । साथै महिला उपाध्यक्षमा कोकिला ढकाल र हिमाकुमारी चेम्जोङले उमेद्वारी दिएका छन् । महासचिवमा शिशा राई , बन्धु पोखरेल, विवेक गौतम र फिपराज बेघाले उमेद्वारी दिएका छन् । त्यस्तै सचिव खुल्लातर्फ अबिजाल विष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बुले उमेद्वारी दिएका छन् ।

५ जना निर्वाचित हुने खुल्लातर्फका सदस्यका लागी कमल रिमाल, केशरबहादुर चौहान, केशव भट्टराई, गोपाल प्रसाद पोखरेल, टिकाराम उप्रेती, तेजेन्द्र भण्डारी, तोृयानाथ भट्टराई, ध्रुव भट्टराई, मिनराज उप्रेती, युवराज विवश, लिलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाँई र सुरेन्द्र भण्डारीले उमेद्वारी दिएका छन् । ३ जना महीला सदस्यका लागि देविका चाम्लिङ राई, बिनादेवी तामाङ्ग, बिनु तिम्सिना, माला पालुङ, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र सुशीला पाठक उमेद्वारी दिएका छन् ।
दलित सदस्यमा विपी दियाली र रणध्वज लाहोरले उमेद्वारी दिएका छन् । आदिवासी जनजातीतर्फ उपेन्द्र चाम्लिङ्ग, दिलकुमार लावती, यमनकुमार दनुवार, बिष्णु सुब्बाले उमेद्वारी दिएका छन् । यसैगरी मधेशी–२ सदस्यका लागि चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द्र मेहता, ब्रम्हदेव यादव, सुर्यनारायण यादवले उमेद्वारी दिएका छन् । अल्संख्यकतर्फ तावील अन्सारी, लिलाबहादुर सुनुवार र विजय धिमालको उमेद्वारी दिएका छन् ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]

विराटनगर १२ असार। विराटनगर महानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावाँ ब्याज भुक्तानीका लागि […]