०२ आश्विन २०८२, बिहिबार
18-09-2025 , Thu
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

कुटपिट भईरहेका मजदुर छुटाउन पुगेका मा‌ओवादी केन्द्र धरानका सचिव आफैं कुटिए

Logo
प्रकाशित शुक्रबार, चैत्र २०, २०७७

धरान, चैत २०

नेकपा माओवादी केन्द्र, धरानका सचिव सुर्दशन श्रेष्ठमाथि आक्रमण भएको छ । मजदुर कुटपिट भईरहेकाे देखेपछि  छुटाउन पुगेका श्रेष्ठमाथि पनि आक्रमण भएकाे हाे ।

श्रेष्ठका अनुसार  बिहिबार ‌ राति साढे ९ बजे तिर धरान ११मा निमार्ण भईरहेकाे एक भवनमा कार्यरत दुई मजदुरमाथि एक समुहले कुटपिट गरी रहेकाे थियाे । उनीहरुलाई छुट्याएर घर पुगेपछि आफुलाई घरमै आएर ति समुहले कुटपिट गरेकाे श्रेष्ठकाे जिकिर छ । कुटपिट भएकाे स्थल नजिकै श्रेष्ठकाे घर छ ।

कुटपिटमा संलग्न रहेकाे आराेपमा प्रहरीले साेही वाडका सुजन तामाङ र प्रदीप तामाङलाई पक्राउ गरेको  छ । अन्य केही युवाहरु फरार रहेकाे प्रहरीले जनाएकाे छ । आतक्रमणबाट सचिव श्रेष्ठकाे आँखामा चाेट लागेकाे छ, त्यस्तै कुटपिटमा परेका दुई मजदुर समेत समान्य घाईते छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]