१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

१६ लाख मूल्य बराबरको तस्करीका सामान बरामद

Logo

विराटनगर, चैत्र २२
सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा ठूलो मूल्य बराबरको अवैध उपभोग्य सामाग्री बरामद गरेको छ ।
रङ्गेली नगरपालिका–५ आमगाछीस्थित धनाट्टि टोलबाट उपभोग्य सामाग्री र अन्य वस्तु तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले को १ ख ४४०० नम्बरको मिनी ट्रकमा भारतबाट तस्करी गरी ल्याएको एक दर्जन बोरा चिनी, ६४ बोरा धान, २÷२ बोरा चामल र गुहँ बिलबिजक नभएको अवैध सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल बीओपी रङ्गेलीका प्रहरी निरीक्षक कमलबहादुर अधिकारी नेतृत्वको टोलीले १६ लाख मूल्य बराबरको अवैध उपभोग्य सामाग्री बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार मोरङको बेलबारीमा किराना पसल सञ्चालन गरेर बसेका भरत साहले तस्करीको सामान ल्याएको जनाएको छ । भरत साह अहिले फरार रहेको समेत प्रहरी जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]