१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

जुता–चप्पल मेला बन्द गर्न महानगरको आदेश, व्यापारी आक्रोशीत

Logo
पिताम खतिवडा

विराटनगर , चैत्र २४
विराटनगरमा चैत्र ५ देखि सन्चालन भइरहेको विराट फुटवेयर एक्स्पो विराटनगर महानगरपलीकाले तत्काल बन्द गर्ने आदेश दिएको छ । महानगरका मेयर भिम पराजुली बाटै उत्घाटन भएको उक्त मेलाले महानगरबाट अनुमती नलिएको भन्दै बन्द गर्ने आदेश दिएको छ ।
वैशाख ५ सम्म सन्चालन हुने भनिएको मेला बिचैमा नगरपलीकाले रोकिदिएको पछि मेलाका व्यपारीहरु आक्रोसित भएका छन् । मेला संचालनका लागि महानगरबाट इजाजत नलिएको, कर नतिरेको अनि कोरोना भाईरसको जोखिम देखिने भन्दै महानगरले मेला बन्द गर्ने भनी प्रत्र पठाएको छ । साथै नगरप्रहरीहरूले सर्वसाधारणलाई मेलास्थल प्रवेशमा रोक लगाएका छन् ।

 

महानगरपालीकाले अचानक गरेको निर्णयले गर्दा आफुहरु हेपीएको व्यापारीहरुले महशुस गरेका छन् । नगरपलीकाले कुनै ठोस कारण नै नदेखाई मेला बन्द गरेको उनीहरुको भनाई छ । व्यापारीहरुले मेला संचालनको लागी सम्बधित वडा सँग अनुमती लीएर मेयरलाई नै उत्घाटनमा बेलाएको बताइएका छन् ।
विराटनगरका मेयर पराजुलीबाट नै उत्घाटन भएको उक्त मेलामा नगरपालीकाले नै अबरोध जनाएपछी व्यपारमा ठूलो असर पुगेको आयोजकले बताएको छ । करीब १ करोड २० लाखको कारेवार भइ सकेको उक्त मेला बन्द गर्दा करिब १ करोडको घाटा लाग्ने आयोजकको ठहर छ ।
महानगरसँग छलफल भइरहेको तर यस विषयमा महानगरले हेपाह प्रवृतीको व्यावहार गरेको व्यापारीहरुले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]