२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

जुता–चप्पल मेला बन्द गर्न महानगरको आदेश, व्यापारी आक्रोशीत

Logo
पिताम खतिवडा प्रकाशित मंगलबार, चैत्र २४, २०७७

विराटनगर , चैत्र २४
विराटनगरमा चैत्र ५ देखि सन्चालन भइरहेको विराट फुटवेयर एक्स्पो विराटनगर महानगरपलीकाले तत्काल बन्द गर्ने आदेश दिएको छ । महानगरका मेयर भिम पराजुली बाटै उत्घाटन भएको उक्त मेलाले महानगरबाट अनुमती नलिएको भन्दै बन्द गर्ने आदेश दिएको छ ।
वैशाख ५ सम्म सन्चालन हुने भनिएको मेला बिचैमा नगरपलीकाले रोकिदिएको पछि मेलाका व्यपारीहरु आक्रोसित भएका छन् । मेला संचालनका लागि महानगरबाट इजाजत नलिएको, कर नतिरेको अनि कोरोना भाईरसको जोखिम देखिने भन्दै महानगरले मेला बन्द गर्ने भनी प्रत्र पठाएको छ । साथै नगरप्रहरीहरूले सर्वसाधारणलाई मेलास्थल प्रवेशमा रोक लगाएका छन् ।

 

महानगरपालीकाले अचानक गरेको निर्णयले गर्दा आफुहरु हेपीएको व्यापारीहरुले महशुस गरेका छन् । नगरपलीकाले कुनै ठोस कारण नै नदेखाई मेला बन्द गरेको उनीहरुको भनाई छ । व्यापारीहरुले मेला संचालनको लागी सम्बधित वडा सँग अनुमती लीएर मेयरलाई नै उत्घाटनमा बेलाएको बताइएका छन् ।
विराटनगरका मेयर पराजुलीबाट नै उत्घाटन भएको उक्त मेलामा नगरपालीकाले नै अबरोध जनाएपछी व्यपारमा ठूलो असर पुगेको आयोजकले बताएको छ । करीब १ करोड २० लाखको कारेवार भइ सकेको उक्त मेला बन्द गर्दा करिब १ करोडको घाटा लाग्ने आयोजकको ठहर छ ।
महानगरसँग छलफल भइरहेको तर यस विषयमा महानगरले हेपाह प्रवृतीको व्यावहार गरेको व्यापारीहरुले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]