१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बिराटनगरका ४ जना चोरीको आरोपमा पक्राउ

Logo

विराटनगर, चैत्र २५
जिल्ला प्रहरी कार्यालय मोरङले कटहरी गाउँपालिका १ मा संचालित जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीले जहदा गाउँपालिका ४ का रतन कुमार कोईरीले संचालन गर्दे आएको जय बैष्णु फर्निचर उद्योगमा चैत्र २१ गते राती भएको चोरी संग्लग्न ४ जनालाई चैत्र २४ गते दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका ८ का २३ बर्षीय लक्ष्मी यादव, २२ बर्षीय अर्जुन मुखिया, २७ बर्षीय धर्मेन्द्र राय र २२ बर्षीय दिपेश कुमार राय रहेका छन् । प्रहरीले उनीहरुबाट रन्दा मेशिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेशिन १ थान,यल इ डी टि भी १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार समेत बरामत गरेको छ ।
उनीहरुको थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]