१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भष्ट्रचारको आरोप लागेका निलम्बित कर्मचारीले गरे आत्महत्या

सुसाइड नोटमा लेखे ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस’
Logo

उदयपुर, श्रावण २८
भष्ट्रचार गरेको आरोप लागेका एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरिप्रसाद आचार्यले आफुलाई लागको आरोप झुठो भएको सुसाईड नोट लेख्दै आत्महत्या गरेका हुन् । उनलाई सरकारी जग्गाव्यक्तिको नाममादर्ता गरिएको घटनामा लेनदेन गरेको आरोप लागेको छ । त्रियुगानगरपालिका १० घर भएका ५५ वर्षीय आचार्यललाई अख्तियार दुरुपयोग अनुसन्धानआयोगले जेठ ३ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आचार्य स्वैच्छिक अवकाशलिएर बसेका थिए ।
शुक्रबार दिउँसो घरबाट निस्किएका आचार्यलाई शनिबार एक किलोमिटर परको शिखरखुट्टे जंगलमा झुन्डिएको अवस्थामा भेटिएको थियो । परिवारले शुक्रबारै प्रहरीलाई केसी हराएको रिर्पोट गराएका थिए । प्रहरीका अनुसार आचार्य सखुवाको रूखमा प्लास्टिकको डोरीमा झुन्डिएको भेटिएका थिए ।
सुसाइड नोट
लासको खानतलासि गर्दा दुईपन्ने सुसाइड नोट प्रहरीले फेलापारेको थियो । उक्त नोट शुक्रबार बेलुकी लेखीएको सुसाईड नोटमा उल्लेख छ । नोटमा लेखिएको छ ‘सतीले सपारेको देश रहेछ, मैले दुई पैसा पनि खाएको छैन तर म देशको ठूलो भ्रष्टाचारी भएँ,’ नोटमा थप लेखिएको छ ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस् । मजस्तो निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ काठमाडौंले सहयोग गर्नु ।’
नोटमा उनको घरमा भएका भैंसी र खसी जतिमा बिक्री हुन्छ बेचेर सहयोग गरिदिन आफन्तलाई आग्रह समेत गरेका छन् । बैंंकमा धेरै पैशा नभएको जानकारी गराउदै नोटमा लेखिएको छ ‘वाणिज्य, नेपाल, एनसीसी, एनआईसीलगायत बैंकमा के–कति पैसा छ, मैले चेक दराजभित्रको सानो ब्यागमा राखेको छु,’ । उनले छोरालाई स्नातक पढाउन नसकेकामा पछुतो लागेको समेत नोटमा उल्लेख गरेका छन् ।
के थियो त आरोप
बाँडभन्ज्याङ गाविसको सरकारी जग्गा व्यक्तिको स्वामित्वमा गएको विषयमा छानबिन क्रममा उनी दोषी देखिएका थिए । सुयल हाउजिङ कम्पनीका नाममा नक्कली स्रेस्ता खडा गरेर धनी पुर्जा समेत उपलब्ध गराएको उजुरी परेको थियो ।
उक्त घटनामा मालपोत अधिकृत शिवप्रसाद रिमालसहित ७ कर्मचारीहरु कारवाहीको घेरामा तनिएका थिए । सरकारी न्यूनतम मूल्यांकन २ करोड २१ लाख १० पर्ने उक्त जग्गो मिलेमत्तोमा व्यक्तिको नाममापास गरिएको उनीहरुविरुद्ध आरोप थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]