२९ बैशाख २०८२, सोमबार
12-05-2025 , Mon
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

श्रृङखलाबद्ध चोरी गर्ने १ जना ईटहरीबाट पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र २७, २०७७

विराटनगर, चैत्र २७
ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न स्थानमा श्रृङखलाबद्ध रुपमा चोरी गर्ने १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिगत केही महिना देखि ईटहरी एरियाका बिभिन्न स्थानहरुबाट दिन दहाडै चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुको जाहेरीको आधारमा चोरीमा संग्लग्न रहेका बिजु मोतेलाई मंगलवार राती साँढे ८ बजे ईटहरीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१२ घर भई मोरङको केरावारी गाउँपालिका– ९ मा डेरा गरी बस्ने ३० बर्षीय बिजु मोते रहेका छन् । पक्राउ परेका मोतेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]