२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

एक महिना विद्यालयहरु बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

Logo
प्रकाशित बुधबार, बैशाख ०१, २०७८

काठमाडौं , चैत्र ३१
ठूला शहरमा रहेका विद्यालयहरु एक महिनाका लागि बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । कोरोना संक्रमण पुन बढेका कारण एक महिना अवधिसम्म अनलाइन कक्षामार्फत पठन पाठन गराउन मन्त्रालयले सिफारिस गरेकाे हाे ।

कोरोना संक्रमणका कारण ५ वर्षभन्दा मुनिका बालबालिकालाई स्वास्थ्यमा गम्भीर असर परेकाले कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसबारे कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएरहेको र निर्णय हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालय जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेता पनी स्वास्थ्य मन्त्रालयले भने पुनः एक महिनाका लागि विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]