१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पुराना कागज भारततर्फ तस्करी हुन थालेपछि कार्टुन फ्याक्ट्री संकटमा

Logo

विराटनगर, वैशाख २
प्याकेजिङ उद्योगहरु धरासयी भएको भन्दै समस्या समाधानका लागि व्यवसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ लाई ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न उद्योगहरुमा प्याकेजिङका लागि प्रयोग हुने कोरुगेटेड बक्स अर्थात कार्टुन बनाउने उद्योगहरु धरासायी अवस्थामा पुगेको भन्दै व्यवसायीले ज्ञापनपत्र बुझाएका हुन् ।

कार्टुन बनाउन प्रयोग हुने मुल कच्चा पदार्थ पेपर हो र सो कच्चा पदार्थको अभाव तथा आयतित मुल्य बृद्धीको कारण कार्टुन उद्योगहरु संकटमा परेको नेपाल कोरुगेटेड बक्स उत्पादन संघ प्रदेश १ का संयोजक रिसव दाहालले बताए ।

६ महिनाको अवधिमा कच्चा पदार्थ पेपरको मुल्य ९० प्रतिशतसम्म बढेको छ । भारतमा समेत अत्याधिक मुल्य वृद्धि भएको कारण भारत बाट पेपर आयात गर्न नसकिने अवस्था सिर्जना भएको भन्र्दै तत्काल समस्याको समाधान खोजिदिनसंयोजक दाहालले आग्रह गरेका छन् ।
पेपर बनाउन प्रयोग हुने वेस्टेज पेपर तथा पुराना कार्टुनहरु चोरी बाटोबाट भारत तर्फ निर्यात हुन थालेपछी पेपर बनाउने पेपर मिलहरु पनी कृत्रिम अभावको चपेटमा परेका छन् । जसका कारण अस्वस्थ प्रतिस्पर्धाका बढीरहेको छ भने ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेको ज्ञापन पत्रमा उल्लेख छ ।

प्रदेश १ मा रहेका २१ वटा उद्योगका संचालकहरुले संघमार्फत नेपाल उद्योग परिसंघ प्रदेश १का अध्यक्ष भिम घिमिरेलाई समस्या समाधानका लागी पहल गर्न अनुरोध गरेका छन् । परिसंघका अध्यक्ष घिमिरेले तत्काल समस्या समाधानका लागि आफु गम्भिर भएर अगाडि बढ्ने व्यवसायीलाई आश्वस्त बनाएको समेत संघले जनाकारी गराएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]