१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरका औषधि व्यवसायी रजकको तस्कारी धन्धा छताछुल्ल

Logo

विराटनगर, वैशाख ०६
मुलुकलाई पहिलो चरणको कोरोना कहरले च्यापेको बेला विराटनगरका एक औषधी व्यवसायीले तत्कालीन समयमा प्रतिबन्धित औषधि रेम्डीरिभिरको कालोधन्धा गरी करोडौं रुपैयाँ कमाएको रहस्य खुलेको छ ।

कारोना भाईरसविरुद्ध एन्टीभाईरलको रुपमा काम गर्ने रेम्डिसिभिर औषधी सो समयमा कलोबजारी गरी विराटनगरको औषधी व्यवसायी जितु रजकले करोडौं रुपैयाँ अवैध धन कमाएको खुल्न आएको छ ।

तत्कालीन समय रेम्डिसिभिरको साईडईफेक्ट यकिन पत्ता नलागीसकेकाले नेपाल सरकारले उक्त औषधि खुल्ला रुपमा बिक्रि वितरण गर्न प्रतिबन्ध लगाएको थियो । यदपी कोराना संक्रमणबाट अन्तिम स्टेजमा पुगेका बिरामीलाई उक्त औषधी दिनु बाहेक अरु कुनै विकल्प नरहेकोले सरकार मताहतको स्वासथ्य निकायहरुबाट मात्र उक्त औषधी बिक्रि वितरण भईरहेको थियो ।

सोही मौकाको फाईदा उठाउदै जितु रजकले भारतबाट तस्करी गर्दै हजारौं भाइल रेम्डिरिभिर नेपाल भित्र्याएको विश्वसनीय स्रोत बताउँछ । उनले पहिलो चरणको कोरोना–कहरको अवधीभर करिव ५ हजार भाईलभन्दा बढी रेन्डिसिभिर नेपाल भित्र्याएर बेचबिखन गरेको स्रोतको दावी छ ।
नेपालमा सरकारी स्वास्थ्य निकायबाट रेडिसिभिर प्रति भाईल ३ हजार ५ सय रुपैयाँ पाईरहेको बेला रजकले भने १२ हजारसम्ममा सोही औषधी बिक्रिबितरण गरेका थिए । “मर्ता क्या नही कर्ता” भने झैँ सरकारी स्वास्थय निकायबाट बिरामीले सजिलै रेम्डिसिभिर नपाएपछि रजकसँग महँगोमा भएपनि सो औषधी किन्न बाध्य भएका थिए । रेम्डिसिभिरको तस्करी तथा कालोबजारी गरेर मात्र रजकले ५ करोड रुपैयाँभन्दा बढी अवैध धन कमाएको स्रोतको बुझाई छ ।

जितु लाईन्स क्लब अफ विराटनगर रानीका अध्यक्ष समेत हुन् । लाईन्स जस्तो मनाव–परोपकारी संस्थामा आवद्ध व्यक्तिले जिवन–मरणको लागी प्रयोग हुने औषधीमा कलोबजारी गर्नु संस्थाका नितिसँग मेल खादैन् । रजकको यस्तो कार्यले लाईन्सको छवी समेत बिगारेको छ ।
उक्त विषयमा सरकारका निकायहरुले तुरुन्तै छानवीन गरि कारवाही प्रक्रिया अघिडी बढाउनु जरुरी देखिन्छ ।

यस विषयमा खबरदारी निरन्तर जारी रहने छ : जनचर्चा डट कम

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]