२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

प्रायुस र स्मारिका ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ घोषित

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

झापा, वैशाख ६
प्रायुस पौड्याल र स्मारिका सुनुवार यस वर्षको ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ को ताज हात पारेका छन् ।

स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगितामा पौड्याल र सुनुवारले मिस्टर एण्ड मिस प्रोभिन्स वान’को ताज हात पारेका हुन् ।

शनिवार राति अवेर सम्पन्न फाइनल प्रातियोगितामा आफ्ना नौ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनीहरु मिस्टर एण्ड मिस प्रोभिन्स वान’ घोषित भएका थिए । यो संगै उनीहरुले ट्रफी, मेडल , प्रमाणपत्र र नगद ५० – ५० हजार रुपैयाँ हात पारेका छन् ।

त्यस्तै प्रतियोगितामा फष्ट रनरअप अभिशेक राजवंशी र सेकेण्ड रनरअप प्रकृति अर्याल घोषित भएका छन् । त्यस्तै प्रतिमा खतिवडा अर्गनाइजर च्वाइज घोािष्त भइन् । प्रातियोगिताका विजयीले काठमाडौंस्थित इम्पेरियल विज्नेश कलेजमा वीवीए र वीएचएम अध्ययनका लागि छात्रवृत्ति समेत पाउने छन् ।

प्रालिले गतवर्षदेखि प्रातियोगिताको आयोजना गर्दै आएको प्रालिका कार्यकारी अधिकृत सन्दीप राजवंशीले जानकारी दिए ।
१५ देखि २२ वर्ष उमेर समूहका प्रदेश १ भरिका १९ जना प्रतिष्पर्धीले प्रातियोगितामा भाग लिएका थिए । जसमध्ये फाइनल राउण्डमा ९ प्रातिष्पर्धी पुग्न सफल भएको कार्यकारी अधिकृत राजवंशीले बताए ।
नेपाल पत्रकार महासंघ झापाका नव निर्वाचित अध्यक्ष एकराज गिरीले प्रमुख अतिथिकिो आशनबाट बोल्दै युवामा रहेको अन्तरनिहीत प्रतिभा छनौटका लागि स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गरेका थिए ।
प्रतियोगितामा गोविन्द भारती, रामचन्द्र गौतम र अलिषा अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]