२० माघ २०८२, सोमबार
02-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरका अस्पतालहरुमा स्वास्थ्य सुरक्षा समाग्रीको प्रयोग पुनः बढ्यो

Logo

विराटनगर, वैशाख ७
दोस्रो चरणको कोभिड १९ को केशहरु बढ्न थालेसँगै विराटनगरका अस्पतालहरुमा स्वास्थ्य सुरक्षा समाग्रीको प्रयोग पुनः बढेको छ । करोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै विराटनगरका अस्पतालहरुले स्वास्थ्य समाग्रीहरुको प्रयोगलाई बढएका हुन् ।

विराटनगरका अधिकांस हस्पिटलहरुमा मास्क पहिरन अनिवार्य गरिएको छ । एप्रोन तथा पीपीईलाई चिकित्सय कक्षभित्र पुनः प्रयोगमा ल्याउन थालिएको छ । अस्पतालका सबै वार्डहरुमा स्वास्थ्यकर्मीहरुले हण्ड ग्लोब प्रयोगमा ल्याएको समेत देख्न सकिन्छ ।

विराटनगरको न्युरो अस्पतालले विरामी कुरुवाको लागी समेत मास्क र फेस शिल्डको प्रयोग अनिवार्य गरेको छ । त्यस्तै विराटनगरका अन्य ठुला अस्पतालले समेत मास्क र फेसशिल्ड पुनः प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् ।

पहिलो चरणको कोरोनाको कहर सकिएर लकडाउन खुलेपछि स्वास्थ्य सुरक्षा समाग्रीको प्रयोग विराटनगरका अस्पतालमा घट्दै गएको थियो । नगरक्षेत्रमा मास्क, सेनिटाईजर तथा फेसशिल्डको प्रयोग करिब करिब निमिट्यान्न नै भईसकेको थियो । दोस्रो चरणको कोभिड १९को संक्रमण देखीन थालेसँगै फेरी पनि नगरक्षेत्रमा स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग बढ्न थालेको छ ।
विराटनगरका विभिन्न उद्योेग, व्यापारिक केन्द्र, बैंक तथा वित्तिय संस्था, समाजिक संस्था, सरकारी निकाय, अस्पताल तथा स्वस्थ्य केन्दहरु स्वास्थ्य सुरक्षा समाग्री पुनः प्रयोगमा ल्याउने तयारीमा जुटेका छन् ।
पहिलो चरणको कोराना कहर अन्त्य भएसँगै खस्किएको स्यानिटजर, मास्क तथा अन्य स्वास्थ्य सुरक्षा समाग्रीको व्यापार फेरी पनि फस्टाउन थालेको उत्पादक तथा विक्रेताहरुले प्रतिक्रिया समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माेरङ्ग, माघ १७ । नेपाली कांग्रेसले आगामी चुनावका लागि तीव्र रूपमा घोषणापत्र बनाउने तयारी थालेको छ। पार्टीले यसपटक ‘भिजन-टेन’ र ‘डोजेन भिजन’ अन्तर्गत बढीमा एक दर्जन प्रतिबद्धतामात्र समेटेर छोटो र बुँदागत घोषणापत्र ल्याउने तयारी गर्दैछ। पार्टीका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार मोरङको बनीगमामा पार्टीका कार्यकर्ताहरूको बैठकलाई सम्बोधन गर्दै पार्टीकाे घाेषणा पत्र तयारीसम्बन्धी जानकारी दिएका हुन्। घिमिरेले […]

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]