१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

कच्चा पदार्थको अभाव, २२ मास्क उद्योग बन्द

नेपालमा अभाव हुँदापनि रोकिएन भारततर्फ निर्यात
Logo

विराटनगर, वैशाख १५
मास्क बनाउन चाँहिने कच्चा पदार्थको अभाव हुँदा नेपालका २२ मास्क उद्योग बन्द हुन पुगेका छन् । मास्कलाई कानमा अड्याउने डोरी र मास्कको भित्री भागमा प्रयोग हुने व्याक्टेरीया फिलटर पेपर (मेलबन)को अभाव हुँदा यँहाका उद्योगहरु बन्द हुन पुगेको हो ।

माक्समा प्रयोग हुने डोरी र मेलबन पेपर भारतबाट नेपाल आयत हुने गर्दछ । तर पछिल्लो समय भारतमै मास्कको खपत बढेपछि सो कच्चा पदार्थहरु नेपाल भित्रिन छोडेका छन् । सोही कारण अहिले नेपाली बजारमा डोरी र मेलबन पेपरको सर्टेज भएको छ ।

दास्रो चरणको कोभिड १९को लहर बढेसँगै नेपाल भारतमा एकएका माक्सको माग अत्याधिक बृद्धि हुन पुगेपछि दुवै देशमा मास्कको आभाव हुन थालेको छ । मास्क उत्पादकहरुको तदर्थ संगठन माक्स एशोसिएसन अफ नेपालले कच्चा पदार्थको अभावको कारण नेपालका अधिकांस मास्क उद्योग बन्द हुने अवस्थामा पुगेको जानकारी दिएको छ । एशोसिएसनका एक सदस्य सरोज खड्काले डोरी र मेलबन पेपरको अभावको कारण २२ मास्क उद्योग बन्द भईसकेको बताए । अब केही दिन भित्रै डोरी र मेलबन पेपर सहज रुपमा उपलब्ध नभए ९० प्रतिसत मास्क उद्योग बन्द हुने अवस्थामा पुग्ने खड्काको भनाई छ । नेपालभरि कुल ७० वटा मास्क उद्योग रहेको एशोसिएसनले जानकारी गराएको छ ।

त्यस्तै एशोसिएसनकै आर्का सदस्य नविन रिजालले पनि डोरी र मेलबोन पेपरको अभावबारे जनचार्चा डटकमलाई जानकारी गराएका छन् । रिजाल भन्छन् “डोरी र मेलबन पेपरको एकदमै आभाव छ, सिमित विक्रेतासंग केहि मात्रामा डोरी र मेलबन पेपर छ, जुन एकदमै चर्को मुल्यमा खरिद गर्नु परिरहेको छ ।” उनले थपे “चर्को मुल्यमा भएपनि हामी मास्क उत्पादकहरुले उपलब्ध भएसम्म डोरी र मेलबन पेपर खरिद गरिरहेका छौं, अब केहि दिनपछि त्यो पनि पाईने छाटकाट छैन् ।”

नेपालमा अभाव हुँदापनि रोकिएन भारततर्फ निर्यात

नेपालमा मास्कको अभाव भईरहदा पनि नेपालका केही उद्योगी तथा व्यापारीहरुले भारततर्फ मास्क निर्यात गरिरहेको स्वदेशी विक्रेताहरुले गुनासो गरेका छन् ।
नेपालमै अत्याधिक मास्क उत्पादन गर्ने हिमगिरी मास्क उद्योगले नेपालका विक्रेतालाई मास्क दिन छोडेर भारततर्फ मास्क एक्सपोर्ट गरिरहेको स्वदेशी विक्रेताहरुको गुनासो छ ।
हिमगिरी मास्क उद्योगले औरा ब्राण्डको मास्क तथा सेनिटाईजर नेपालमा उत्पादन गरिरहेको छ । हिमगिरीका मास्क उद्योगका संचालक विराटनगरका उद्योगी प्रकाश मुण्दडा हुन् । उनी व्यापार संघ मोरङका बाहलवाला अध्यक्ष समेत हुन् ।
भारतमा मास्कको मुल्य नेपालमा भन्दा बढी पर्ने भएकाले संचालक मुण्दडाकै निर्देशनमा औरा ब्राण्डका माक्सहरु भारततर्फ एक्सपोर्ट भईरहेको स्रोत बताउँछ । मास्क जस्तो अत्यावश्यक स्वास्थ्य सुरक्षाको समाग्रीहरु स्वेदशमै अभाव हुँने गरी विदेश निर्यात गरिनु राज्य विरुद्धको अपरोध हुने जानकारहरु बताउँछन् । उक्त विषयमा संबन्धित निकायले आवश्यक छानविन गर्न जरुरी देखिएको छ ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]