२९ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
Gold Silver Price (24 Kartik 2082, Mon)
Fine Gold 1 Tola NRs. 242000
Silver 1 Tola Nrs. 3080

विराटनगरका मेयरले चढ्न थाले माेटरसाइकल, आफु चढ्ने गाडि कोभिड–ईमरजेन्सीमा खटाईने घोषणा

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८

विराटनगर, वैशाख २५
आफुले चढ्दै आएको गाडिलाई जनसेवामा समर्पित गर्दै विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले आजबाट माेटरसाइकल चढ्न थालेका छन्।

आफुले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई कोरोना ईमेरजन्सीमा खटाईन मेयर पराजुलीले बताएका छन् ।

कोरोनाका विरामीलाई अस्पतालसम्म पुर‍्याउन एम्बुलेन्सको आवश्यत्ता खड्किरहेको अवस्थालाई मध्यनजर गर्दै मेयर पराजुलीले आफुले प्रयोग गर्दै आएको गाडि कोभिड–ईमेरजन्सीको लागी प्रयोग गर्न दिने उद्घोष गरेका हुन् ।

मेयर पराजुले प्रेस विज्ञप्तीनै जारी गरी अबबाट आफ्नै मोटरसाईकलको प्रयोग गरी नगरावासीको सेवा गर्ने समेत जानकारी गराएका छन् ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]