१८ माघ २०८२, शनिबार
31-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मन्त्री प्रभु साहद्वारा गोदावरी सम्मेलन केन्द्रको अनुगमन

Logo

ललितपुर, वैशाख २५

शहरी विकासमन्त्री प्रभु साहले ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन् । शुक्रवार अनुगमनमा गएका मन्त्री साहले आधुनिक र प्रविधियुक्त ३ हजार क्षमताको निर्माणाधीन सम्मेलन केन्द्रको काम अन्तिम चरणमा पुगिसकेकोले द्रुत गतिमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

सम्मेलन केन्द्रको निर्माण गरिरहेको शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले हालसम्म ९८ प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिदै अबको केही दिनमै कार्य सम्पन्न भई उद्घाटन हुने बताए । निर्माण कम्पनीकाका अनुसार हाल भौतिक पुर्वाधार निर्माणको काम सम्पन्न भइसकेको र भित्र आवश्यक अन्य सामग्री जडानको क्रममा रहेको छ ।

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी, सभा/सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव देखिएपछि मन्त्रीपरिषदको  निर्णयले हल निर्माणका लागि शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसलगत्तै शहरी विकास तथा भवन निर्माण विभागले टेन्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको थियाे। विसं २०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको सो सम्मेलन केन्द्र २०७७ कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको छ । करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो सम्मेलन केन्द्रको ठेक्का केसी–समानान्तर जेभीले ५८ करोड २४ लाखमा पाएको हो ।

११ रोपनी १४ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङ स्थल रहेको छ । मुख्य हल प्रवेश गर्नुअघि उत्तर र दक्षिण दिशामा साना दुई बहुउद्देश्यीय हलका साथै उक्त भवनमा विशिष्ट व्यक्तिका विशिष्ट कक्ष, सहायता कक्ष र विभिन्न समयमा कार्यक्रमका लागि आदानप्रदान कक्षसमेत निर्माण गरिएको छ । मुख्य हलमा ३ हजार सिट, कार्यक्रम प्रस्तुतिका लागि मञ्च, आवश्यक कक्षको समेत व्यवस्था गरिएको छ ।

यसरी एउटै हलमा एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सक्ने मुलुककै पहिलो भवन निर्माण हुन लागेको हो । सम्मेलन केन्द्र निर्माण भएसँगै अब राष्ट्रिय स्तरको मात्र नभई सार्क सम्मेलन, बिम्स्टेक सम्मेलन जस्ता अन्तर्राष्ट्रिय सभा सम्मेलन तथा प्रदर्शनी आयोजना गर्न सकिनेछ ।

कोरोनाको संक्रमणलाई ध्यानमा राखी मन्त्री साहको सानो अनुगमन टोलीमा मन्त्रालयका सचिव रमेश सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलसहित ५ जनाको मात्र सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माेरङ्ग, माघ १७ । नेपाली कांग्रेसले आगामी चुनावका लागि तीव्र रूपमा घोषणापत्र बनाउने तयारी थालेको छ। पार्टीले यसपटक ‘भिजन-टेन’ र ‘डोजेन भिजन’ अन्तर्गत बढीमा एक दर्जन प्रतिबद्धतामात्र समेटेर छोटो र बुँदागत घोषणापत्र ल्याउने तयारी गर्दैछ। पार्टीका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार मोरङको बनीगमामा पार्टीका कार्यकर्ताहरूको बैठकलाई सम्बोधन गर्दै पार्टीकाे घाेषणा पत्र तयारीसम्बन्धी जानकारी दिएका हुन्। घिमिरेले […]

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]