२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

कोरोनाको उपचारमा अक्सिजनको अभाव हुन दिईदैन : राज्यमन्त्री मानन्धर

Logo
प्रकाशित आइतबार, बैशाख २६, २०७८

काठमाडाैं, २६ वैशाख 

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारी नियन्त्रणका लागी सरकारले आवश्यक सबै उपाय अवलम्वन गरिरहेको बताएका छन् । आईतवार बालाजु स्थित जनमैत्री कोभिड अस्पतालको अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले निजी अस्पतालहरुमा पनि सहज रुपमा कोरोना उपचारका लागि राज्यले आवश्यक सहयोग र समन्वय गर्ने उद्घाेष समेत गरे।

उनले देशभरका ठुला निजी अस्पतालहरुलाई आपतकालिन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधीक सहयोग राज्यले गर्ने समेत प्रतिबद्धता समेत व्यक्त गरे । यस महामारीको अवस्थामा स्वास्थ्य क्षेत्रमा अक्सिजनको अति आवश्यक रहेको हुँदा अन्य क्षेत्रमा अक्सिजनको खपत नगरिदिनु हुनु उद्योगी तथा व्यवासयीहरुलाई आग्रहस समेत गरे ।

राज्यमन्त्री मानन्धरले कोभिड उपचारमा अक्सिजनको अभाव हुन नदिन सरकारले काम गरिरहेको बताउदै केही दिन भित्रै अक्सिजनको समस्या समाधान हुने बताए। सरकारले संक्रमणको अवस्था हेरेर जारी गरेको निषेधाज्ञाकाे सबैले पालना गरेमा केही दिनमा माहामारी नियन्त्रणमा उनले धारणा समेत व्यक्त गरे । महामारी नियन्त्रणका लागि अग्रपंतीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी,सफाइकर्मी, पत्ररकार, सुरक्षाकर्मी लगायत सम्बद्ध व्यक्तीको राज्यले उच्च मुल्यांकन गरेको बताउदै मन्त्री मानन्धरले उनिहरुको सेवा सुविधा र परिवारको सुरक्षा प्रति राज्य गम्भीर रहेको समेत जिकिर गरे । हरेक नागरिकको जिवन रक्षा सरकारको प्राथमिकता भएको बताउदै उनले जाे काेहीलाई पनि उपचारका क्रममा समस्या भएमा राज्यको निकायमा सम्पर्क गर्न सुझाए ।

बालाजु स्थित जनमैत्री अस्पतालमा आईतवारदेखि ३० बेडको कोरोना अस्पताल सञ्चालन हुन लागेको र केही दिन भित्र ४० बेडको आइसियु सहित १२० वेड सञ्चालनमा ल्याईने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी गराए । साे अस्पताल गत बर्ष भदौदेखि पुषसम्म कोभिडका बिरामीको उपचार गरेर  बन्द भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]