१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कोरोनाको उपचारमा अक्सिजनको अभाव हुन दिईदैन : राज्यमन्त्री मानन्धर

Logo

काठमाडाैं, २६ वैशाख 

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारी नियन्त्रणका लागी सरकारले आवश्यक सबै उपाय अवलम्वन गरिरहेको बताएका छन् । आईतवार बालाजु स्थित जनमैत्री कोभिड अस्पतालको अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले निजी अस्पतालहरुमा पनि सहज रुपमा कोरोना उपचारका लागि राज्यले आवश्यक सहयोग र समन्वय गर्ने उद्घाेष समेत गरे।

उनले देशभरका ठुला निजी अस्पतालहरुलाई आपतकालिन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधीक सहयोग राज्यले गर्ने समेत प्रतिबद्धता समेत व्यक्त गरे । यस महामारीको अवस्थामा स्वास्थ्य क्षेत्रमा अक्सिजनको अति आवश्यक रहेको हुँदा अन्य क्षेत्रमा अक्सिजनको खपत नगरिदिनु हुनु उद्योगी तथा व्यवासयीहरुलाई आग्रहस समेत गरे ।

राज्यमन्त्री मानन्धरले कोभिड उपचारमा अक्सिजनको अभाव हुन नदिन सरकारले काम गरिरहेको बताउदै केही दिन भित्रै अक्सिजनको समस्या समाधान हुने बताए। सरकारले संक्रमणको अवस्था हेरेर जारी गरेको निषेधाज्ञाकाे सबैले पालना गरेमा केही दिनमा माहामारी नियन्त्रणमा उनले धारणा समेत व्यक्त गरे । महामारी नियन्त्रणका लागि अग्रपंतीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी,सफाइकर्मी, पत्ररकार, सुरक्षाकर्मी लगायत सम्बद्ध व्यक्तीको राज्यले उच्च मुल्यांकन गरेको बताउदै मन्त्री मानन्धरले उनिहरुको सेवा सुविधा र परिवारको सुरक्षा प्रति राज्य गम्भीर रहेको समेत जिकिर गरे । हरेक नागरिकको जिवन रक्षा सरकारको प्राथमिकता भएको बताउदै उनले जाे काेहीलाई पनि उपचारका क्रममा समस्या भएमा राज्यको निकायमा सम्पर्क गर्न सुझाए ।

बालाजु स्थित जनमैत्री अस्पतालमा आईतवारदेखि ३० बेडको कोरोना अस्पताल सञ्चालन हुन लागेको र केही दिन भित्र ४० बेडको आइसियु सहित १२० वेड सञ्चालनमा ल्याईने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी गराए । साे अस्पताल गत बर्ष भदौदेखि पुषसम्म कोभिडका बिरामीको उपचार गरेर  बन्द भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]