२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगर ८ मा नि :शुल्क शववाहन सेवा सुचारु

Logo

विराटनगर, वैशाख २९

कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरुको शवलाई अन्त्यष्टिस्थलसम्म पुर्याउनका लागी नेकपा एमाले विराटनगर ८ ले शववाहन सेवा सञ्चालन गरेको छ ।

कोरोनाका संक्रमणबाट मृत्यु भएकाहरुको शव नउठ्ने समस्या पाईएपछि शव वाहन सेवा सञ्चालन गरिएको एमाले विराटनगर ८ का अध्यक्ष राम पोखरेलले जानकारी गराए । पोखरेलका अनुसार अस्पतालसँगै होम आईसोलेसनमा मृत्यु भएकाहरुका लागि पनि सेवा दिईने छ । उक्त सेवा विराटनगर ८ का बासिन्दालाई लक्षित गरि आरम्भ गरिएको बताईएको छ ।
सो अभियानमा अध्यक्ष पोखरेल सहित भुवन राजवंशी, सविन कामत, शिव मगर, मोहम्मद शमशेर (समिर) खटिएका छन् ।
यसअघि एमाले विराटनगर ८ ले वडावासीलाई स्वास्थ्य सामाग्री, संक्रमितको घरलाई निर्मलीकरण, होमआईसोलेसनमा बसेकाहरुलाई आयुर्वेदिक औषधि वितरणको काम गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]