२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

विराटनगर ८ मा नि :शुल्क शववाहन सेवा सुचारु

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८

विराटनगर, वैशाख २९

कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरुको शवलाई अन्त्यष्टिस्थलसम्म पुर्याउनका लागी नेकपा एमाले विराटनगर ८ ले शववाहन सेवा सञ्चालन गरेको छ ।

कोरोनाका संक्रमणबाट मृत्यु भएकाहरुको शव नउठ्ने समस्या पाईएपछि शव वाहन सेवा सञ्चालन गरिएको एमाले विराटनगर ८ का अध्यक्ष राम पोखरेलले जानकारी गराए । पोखरेलका अनुसार अस्पतालसँगै होम आईसोलेसनमा मृत्यु भएकाहरुका लागि पनि सेवा दिईने छ । उक्त सेवा विराटनगर ८ का बासिन्दालाई लक्षित गरि आरम्भ गरिएको बताईएको छ ।
सो अभियानमा अध्यक्ष पोखरेल सहित भुवन राजवंशी, सविन कामत, शिव मगर, मोहम्मद शमशेर (समिर) खटिएका छन् ।
यसअघि एमाले विराटनगर ८ ले वडावासीलाई स्वास्थ्य सामाग्री, संक्रमितको घरलाई निर्मलीकरण, होमआईसोलेसनमा बसेकाहरुलाई आयुर्वेदिक औषधि वितरणको काम गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]