१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भिसिटिएस बिनै माल जाँचपास गराउने कार्यमा एजेन्ट साह सक्रिय

Logo

विराटनगर, असोज २५
विराटनगर भन्सारका एजेन्ट गुलाब साह अवैध ढंगले मालसमान पास गराउने खेलमा संक्रिय भएको पाईएको छ । बेला बेला भन्सार तथा राजस्वको विवादमा तानिरहने एजेन्ट साह अहिले भिसिटिएस बिनै मालसमान पास गराउने खेलमा सक्रिय भएको पाईएका छन् ।

एजेन्ट गुलाब साहले छोरा मन्टु साहलाई अहिले भन्सार सेटिङ मिलाउने जिम्मा लगाएर बिना भिसिटिएस समान पास गराउने गरेको खुलासा भएको छ । बाबु गुलाबको निर्देशनमा छोरा मन्टुले विराटनगर भन्सारबाट अहिले विभिन्न फर्मको मालसमान भिसिटिएस विनै जाँचपास गराउने गरेको रहस्य समेत खुलेको छ ।

एक साता अघि विराटनगरको पारिजात चोकबाट ३४ लाख बराबरको कपडा बोकेको ट्याक्टर प्रहरीले पक्राउ परेपछि एजेन्ट गुलाब साह र उनका छोरा मन्टु साहको कालो कर्तुतको पर्दाफास हुन पुगेका थियो । एजेन्ट साहमार्फत जाँचपास किलियर भएको उक्त मालसमनलाई ढुवानी गर्न प्रयोग भएको ट्याक्टर भिसिटिएस प्रणालीमा उल्लेख नभएको पाईएको थियो ।

पक्राउ परेको मालसामान विराटनगरस्थित जया इम्पेक्सले आयत गरेको बुझिएको छ । भिसिटिएसमा गाडि नम्बर उल्लेख नगरी जाँचपास गराउन नमिल्ने भन्सार प्रवाधन रहेपनि भन्सार कर्मचारीसँगको सेटिङमा साह बाबु–छोराले उक्त गोरखधन्धा चलाउने गरेको बुझिएको छ । सोही कारण उक्त मालसामानमा चेकजाँँचमा खटिएका कर्मचारी तथा एजेन्ट गुलाब साहलाई एव् उनका छोरा मन्टुलाई राज्यको नियामक निकायले अनुसन्धानको दायरामा ल्याउन जरुरी देखिएको छ ।
एजेन्ट साहको विराटनगरमा मार्वल तथा हर्डवेयरको स्टोरसमेत रहेको छ । उक्त स्टोर समेत बेलाबेला राजस्व छलीको विवादमा मुछिरहेने गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]