१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरलाई राती पनि खुला गराउने तयारीमा प्रदेश सरकार

Logo

कार्तिक ३०, विराटनगर

विराटनगरलाई रात्रीकालिन अवस्थामा समेत खुला गराउन प्रदेश १ सरकारले आन्तरिक गृहकार्यकाे थालनी गरेकाे छ। उक्त एजेण्डालाई सफल पार्न प्रदेशका नवनियुक्त आन्तरिक मामिला मन्त्री केदार कार्की र विराटनगरका मेयर भिम पराजुली आन्तरिक गृहकार्यमा जुटेका छन् ।

रात्रीकालिन अवस्थामा सहर खुल्ला गराउनका लागी अवश्यक पर्ने सुरक्षा व्यवस्था र स्रोतसाधनको विषयमा संघीय सरकारसंग परामर्श गर्ने प्रदेश सरकारको योजना रहेको छ । विषेशगरी संघिय सरकार मार्फत खटिएका प्रशासनिक निकायहरुलाई रात्रीकालिन अवस्थामा खटाउन संघिय सरकारलाई अग्रह गर्ने मन्त्री कार्किको विचार रहेको छ । स्रोतको अनुसार संघिय सरकारबाट असहयोग भए प्रदेश सरकारले आफ्नै स्रोतसाधन तथा आन्तिरिक जनशक्तिको प्रयोग गरेर भएपनि रात्रीकालिन अवस्थामा प्रदेशको राजधानि विराटनगरलाई संचालनमा ल्याउने तयारी गर्दै छ ।

प्रदेश सरकारले परिक्षणको लागी शुरुमा रातीको बाह्र बजेसम्म विराटनगरको मुख्य बजारहरु संचालनमा ल्याउने सोच बनाएको छ । क्रमश: पुर्ण विराटनगरक्षेत्रलाई नै २४ घण्टा संचालनमा ल्याउने प्रदेश सरकारको भावी योजना रहेको छ ।
विराटनगरका मेयर भिम पराजुलीले आफु निर्वाचित भएदेखिनै विराटनगरलाई रात्रीकालिन अवस्थामा समेत खुलाउनु पर्ने विषयमा प्रदेश एव संघिय सरकारसंग पहल गरिरहेका थिए । तर केन्द्र र प्रेदश सरकारमा विराटनगरका कुनै पनि प्रभावशाली नेता नभएका कारण विराटनगरलाई रात्रिकालिन अवस्थामा संचालनमा ल्याउन मेयर पराजुली सफल भएका थिएनन् । प्रदेश सरकार परिवर्तन भएर आन्तिरिक मामिला मन्त्रालयमा विराटनगरकै रैथाने केदार कार्कि मन्त्री भएर आएपछि विराटनगरलाई रात्रीकालिन अवस्था खुलाउने पर्ने विषयले पुन: प्रथमिकता पाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]