१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

महानगरलाई सुन्दर बनाउन मेयरले मागे स्थानीयको साथ

Logo

विराटनगर, पुष १०
हिमालय रोडलाई सौन्दर्यकरण गर्ने काममा बाधा–अड्चन नपुर‍्याउन विराटनगरका मेयर भिम पराजुलीले सबैसमक्ष आग्रह गरेका छन् ।

नगरलाई सौन्दर्यकरण गर्ने योजना अनुरुप विराटनगर महानगरपालिकाले अहिले हिमालय रोडमा वान वे सहितको पार्क निमार्ण गरिरहेको छ । उक्त निर्माणाधिन पार्कको औचित्यताबारे अहिले आम विराटनगरवासी दुई भागमा विभाजित भएका छन् । एकपक्षले उक्त पार्कले रोडलाई साघुँरो बनाउने भन्दै विरोध गरिरहेका छन् अर्को पक्षले पार्कले विराटनगरको सौन्दर्य बढाउने तर्क गरिरहेका छन् ।

असुन्तुष्ट पक्षले पार्कले आवजजावतमा कठिन्यायी उत्पन्न गराउने, स्थानीय व्यापारलाई क्षती पुर‍्याउन अकांलन गर्दै पार्क निमार्ण कार्य बन्द गर्न दवाब दिदै आएका छन् । उता महानगरका प्रतिनिधिहरुले पार्क निमार्ण भएपछि सो स्थानमा चहलपहल बढ्ने र स्थानीय व्यापार अझ फस्टाउने दावी गर्दै आएका छन् । एकपट्टी फुटपाथ र अर्कोपट्टी चौडा वान–वे सडक हुने भएकाले आवतजावतमा समेत खासै असर नपुग्ने प्रतिनिधिहरुको भनाई छ ।

त्यसैगरी रोडमा बन्ने पार्कले एम्बुलेन्स र दमकल जस्ता अत्यावश्यक सवारी आवत जावतमा कठिन्यायी सिर्जना गर्ने असन्तुष्ट पक्षको गुनासोलाई सम्बोधन गर्दै मेयर पराजुलीले भनेका छन् “वान वे रोडबाट सहजै एम्बुलेन्स तथा दमकल जस्ता अतिवाश्यक सावरीहरु आवतजावत गर्न सक्ने व्यवस्था मिलाईएको छ, अत्यावश्यक सवारीलाई आवतजावतमा कुनै पनि बाधा पुग्ने छैन् ” । अत्यावश्यक सावरीकाे लागी टु-वे नै खुला गर्न सक्ने महानगरका प्रतिनिधहरुले संकेत समेत गरेका छन् ।

विकासको काममा राजनिति नगर्न मेयरको अग्रह
गुरुयोजना बनाउनु अघावै स्थानीहरुसँग सरसल्लाह गरिएको तर काम शुरु भएपछि केहि व्यक्तिहरुले भ्रम फैलाएर स्थानीयको माईड डाईभर्ट गर्न खोजेको मेयर पराजुलीको बुझाई छ । मेयर पराजुली भन्छन् “स्थीनीयवासीहरु आफै पनि विवेकशील हुनुहुन्छ, फाईदा वेफईदा बारे मैले बुझाई राख्नु पर्दैन, उहाँको अमुल्य मतले म मेयर भएको हो, उहाँको अहित हुने काम मैले कहिले गरेको छैन् र कहिले गर्दिन पनि ।” उनले थपे “कसैलाई चित्त बुझेको छैन भने भन्नुहोस्, मसँग सिधा कुरा गर्नुहोस् , म जहिले पनि उहाँहरुसँग छलफल गर्न तयार छु ।”
हिमालय रोड भित्रको १५० मिटर सडकलाई महानगरले सौन्दर्यीकरण गरिरहेको छ । महानगरले अबको एक महिनाभित्र सम्पुर्ण काम सक्ने गरी तिव्र गतिमा पार्क निमार्णको कामलाई अघि बढाईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग […]

काठमाडौं, जेठ ११। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज पनि तातो दिन र तातो लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिपायल, धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्नेछ। दिपायलको अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस भने धनगढी र नेपालगञ्जको ३९–४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भैरहवा, घोराही र वीरेन्द्रनगरमा पनि तातो दिन हुनेछ। भैरहवाको तापक्रम […]

काठमाडौं, जेठ ११। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गोलाप्रथा हटाउने तयारीको विरोध गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गोलाप्रथाको सट्टा प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था आए न्यायपालिका राजनीतिक प्रभावमा पर्ने चेतावनी दिए । यस्तो व्यवस्था आयो भने सशक्त आन्दोलन गर्ने उनको घोषणा छ । मिश्रले प्रधानन्यायाधीश नियुक्तिमा पनि […]