२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

महानगरलाई सुन्दर बनाउन मेयरले मागे स्थानीयको साथ

Logo
प्रकाशित शनिबार, पुष १०, २०७८

विराटनगर, पुष १०
हिमालय रोडलाई सौन्दर्यकरण गर्ने काममा बाधा–अड्चन नपुर‍्याउन विराटनगरका मेयर भिम पराजुलीले सबैसमक्ष आग्रह गरेका छन् ।

नगरलाई सौन्दर्यकरण गर्ने योजना अनुरुप विराटनगर महानगरपालिकाले अहिले हिमालय रोडमा वान वे सहितको पार्क निमार्ण गरिरहेको छ । उक्त निर्माणाधिन पार्कको औचित्यताबारे अहिले आम विराटनगरवासी दुई भागमा विभाजित भएका छन् । एकपक्षले उक्त पार्कले रोडलाई साघुँरो बनाउने भन्दै विरोध गरिरहेका छन् अर्को पक्षले पार्कले विराटनगरको सौन्दर्य बढाउने तर्क गरिरहेका छन् ।

असुन्तुष्ट पक्षले पार्कले आवजजावतमा कठिन्यायी उत्पन्न गराउने, स्थानीय व्यापारलाई क्षती पुर‍्याउन अकांलन गर्दै पार्क निमार्ण कार्य बन्द गर्न दवाब दिदै आएका छन् । उता महानगरका प्रतिनिधिहरुले पार्क निमार्ण भएपछि सो स्थानमा चहलपहल बढ्ने र स्थानीय व्यापार अझ फस्टाउने दावी गर्दै आएका छन् । एकपट्टी फुटपाथ र अर्कोपट्टी चौडा वान–वे सडक हुने भएकाले आवतजावतमा समेत खासै असर नपुग्ने प्रतिनिधिहरुको भनाई छ ।

त्यसैगरी रोडमा बन्ने पार्कले एम्बुलेन्स र दमकल जस्ता अत्यावश्यक सवारी आवत जावतमा कठिन्यायी सिर्जना गर्ने असन्तुष्ट पक्षको गुनासोलाई सम्बोधन गर्दै मेयर पराजुलीले भनेका छन् “वान वे रोडबाट सहजै एम्बुलेन्स तथा दमकल जस्ता अतिवाश्यक सावरीहरु आवतजावत गर्न सक्ने व्यवस्था मिलाईएको छ, अत्यावश्यक सवारीलाई आवतजावतमा कुनै पनि बाधा पुग्ने छैन् ” । अत्यावश्यक सावरीकाे लागी टु-वे नै खुला गर्न सक्ने महानगरका प्रतिनिधहरुले संकेत समेत गरेका छन् ।

विकासको काममा राजनिति नगर्न मेयरको अग्रह
गुरुयोजना बनाउनु अघावै स्थानीहरुसँग सरसल्लाह गरिएको तर काम शुरु भएपछि केहि व्यक्तिहरुले भ्रम फैलाएर स्थानीयको माईड डाईभर्ट गर्न खोजेको मेयर पराजुलीको बुझाई छ । मेयर पराजुली भन्छन् “स्थीनीयवासीहरु आफै पनि विवेकशील हुनुहुन्छ, फाईदा वेफईदा बारे मैले बुझाई राख्नु पर्दैन, उहाँको अमुल्य मतले म मेयर भएको हो, उहाँको अहित हुने काम मैले कहिले गरेको छैन् र कहिले गर्दिन पनि ।” उनले थपे “कसैलाई चित्त बुझेको छैन भने भन्नुहोस्, मसँग सिधा कुरा गर्नुहोस् , म जहिले पनि उहाँहरुसँग छलफल गर्न तयार छु ।”
हिमालय रोड भित्रको १५० मिटर सडकलाई महानगरले सौन्दर्यीकरण गरिरहेको छ । महानगरले अबको एक महिनाभित्र सम्पुर्ण काम सक्ने गरी तिव्र गतिमा पार्क निमार्णको कामलाई अघि बढाईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]