०३ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

प्रहरीको भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

Logo
प्रकाशित बुधबार, साउन २९, २०७६

काठमाडौं, श्रावण २९
ट्राफिक प्रहरीको भ्यानले ठक्कर दिँदा काठमाडौंमा एक पैदलयात्रुको मृत्यु भएको छ ।
गएराति महानगरीय ट्राफिक महाशाखाको भ्यानले काटेश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनि पहिचान नखुलेको व्यक्तिलाई भ्यानले ठक्कर दिएको हो ।
महाशाखाको बा १ झ ७८६६ नम्बरको भ्यानले करिब साढे ११ बजे ती व्यक्तिालाई ठक्कर दिई घाईते बनाएको थियो ।
उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर र्पुयाइए पनि बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेको थिए । मृतको पहिचान हालसम्म खुल्न सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]