३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

नविन रिजाल मोरङ व्यापार संघको ३३ औँ अध्यक्ष

Logo
प्रकाशित शनिबार, माघ १५, २०७८

दिनेश खड्का

विराटनगर, माघ १५
मोरङ व्यापार संघको ३३ औँ कार्यसमितिका अध्यक्षमा नविन रिजाल चयन भएका छन् । बिहीबार बसेको ३३ औँ कार्यसमितिको पहिलो  बैठकले नवीन रिजालको अध्यक्षतामा नयाँ पदाधिकारीहरू चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार सारडा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शाह चुनिएका छन् । त्यसैगरी संघको सचिवमा सन्जय श्रेष्ठ र कोषाध्यक्षमा राजेश बगडिया आएका छन् ।

गत पुस २० मा निर्विरोध निर्वाचित १६ सदस्यको समूहबाट पदाधिकारी तथा सदस्य छनोट गरिएको हो । त्यसबाहेक पनि संघमा थप ७ जना सदस्य मानोनित गरी यसपटक २३ जनाको कार्यसमिति बनाईएको छ ।

संघको सदस्यहरुमा अमित सारडा, विनित सिंघानियां, मनिष मारु, श्याम राठी, सुशील सुराना, आशिष जाजू, दीपेश सुवेदी, देवाशिष गोल्छा, पवन राठी, चन्द्र भट्टराई, रहेका छन् ।

अध्यक्ष रिजालले अमित राठी र विवेक अग्रवालाई सदस्यमा मनोनित गरेका छन् । वस्तुगततर्फको संघको सदस्यहरुमा अरविन्द अग्रवाल र गोपाल अग्रवाल रहेका छन् । संघमा बन्दना जैन र ओमप्रकाश शर्मा आमन्त्रित सदस्य बनाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]