१९ आषाढ २०८३, शुक्रबार
03-07-2026 , Fri
Gold Silver Price (Asar 18, 2083, THUR)
Fine Gold 1 Tola NRs. 284000
Silver 1 Tola Nrs. 4465

नविन रिजाल मोरङ व्यापार संघको ३३ औँ अध्यक्ष

Logo

दिनेश खड्का

विराटनगर, माघ १५
मोरङ व्यापार संघको ३३ औँ कार्यसमितिका अध्यक्षमा नविन रिजाल चयन भएका छन् । बिहीबार बसेको ३३ औँ कार्यसमितिको पहिलो  बैठकले नवीन रिजालको अध्यक्षतामा नयाँ पदाधिकारीहरू चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार सारडा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शाह चुनिएका छन् । त्यसैगरी संघको सचिवमा सन्जय श्रेष्ठ र कोषाध्यक्षमा राजेश बगडिया आएका छन् ।

गत पुस २० मा निर्विरोध निर्वाचित १६ सदस्यको समूहबाट पदाधिकारी तथा सदस्य छनोट गरिएको हो । त्यसबाहेक पनि संघमा थप ७ जना सदस्य मानोनित गरी यसपटक २३ जनाको कार्यसमिति बनाईएको छ ।

संघको सदस्यहरुमा अमित सारडा, विनित सिंघानियां, मनिष मारु, श्याम राठी, सुशील सुराना, आशिष जाजू, दीपेश सुवेदी, देवाशिष गोल्छा, पवन राठी, चन्द्र भट्टराई, रहेका छन् ।

अध्यक्ष रिजालले अमित राठी र विवेक अग्रवालाई सदस्यमा मनोनित गरेका छन् । वस्तुगततर्फको संघको सदस्यहरुमा अरविन्द अग्रवाल र गोपाल अग्रवाल रहेका छन् । संघमा बन्दना जैन र ओमप्रकाश शर्मा आमन्त्रित सदस्य बनाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]

दिनेश खड्का, विराटनगर पर्यटन भनेपछि सामान्यतया हामी पहाड, हिमाल, ताल वा सांस्कृतिक सम्पदाको मात्र कल्पना गर्छौं, तर विश्वभरि नै “खाद्य पर्यटन” (Food/Culinary Tourism) एक छुट्टै र फस्टाउँदो पर्यटकीय आकर्षणको रूपमा स्थापित भइसकेको छ। कोशी प्रदेश नेपालको पूर्वी भागमा अवस्थित भौगोलिक रूपमै अत्यन्त विविधतापूर्ण प्रदेश हो। तराईको समथर भूभागबाट सुरु भएर पहाड हुँदै हिमाली शिखरसम्म फैलिएको […]