२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

राष्ट्रिय भूमि आयोग र विराटनगर महानगरबीच सम्झौता

Logo

माघ २४, विराटनगर

भूमिहीन दलित,सुकुम्बासी र अब्यवस्थित बसोबास गरिरहेका महानगरवासीको ब्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोग र विराटनगर महानगर बीच संझौता भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली, महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौला , सदस्य सचिव अमिर प्रसाद न्यौपानेले संझौतापत्रमा हस्ताक्षर गरेका थिए । भूमिहीनहरुको समस्या समाधान गर्ने उदेश्य अनुरुप संझौता भएको हो ।

संझौता भए अनुरुप भूमिहीन दलित,सुकुम्बासी र अब्यवस्थित बसोबास गरिरहेका महानगरवासीको पहिचान,प्रमाणीकरण ,आधार र मापदण्ड तयार गरी महानगर र भूमि आयोगले गृहकार्य गर्ने छ । आयोग संगको संझौता संगै भूमिहीनहरुको समस्या समाधानका लागि महानगर लागिपर्ने  मेयर भीम पराजुलीले बताए ।  पराजुलीले  दलित तथा विपन्न बर्गका लागि महानगरले आवास योजना मार्फत सेवा  कार्य अगाडी बढाउदै लगेको समेत जानकारी दिए ।

नेपाल सरकारले चाँडोभन्दा चाँडो भूमिहीनका समस्या समाधान गर्नमा लागेकाले स्थानीय तहसँग सम्झौता गरिएको आयोगका अध्यक्ष केशब निरौलाले बताए । कार्यक्रममा भूमि आयोग केन्द्रीय  सदस्य सरिता महर्जन,मोरङ अध्यक्ष शुसिला घिमिरे,विराटनगर महानगर सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया,प्रशासन अधिकृत केवल पोखरेल लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]