२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

चिशंखुगढी गाउँपालिकामा बालबालिकालाई विद्यालय पठाउन डराए अभिभावक

Logo
प्रकाशित मंगलबार, माघ २५, २०७८

काठमाडौं, माघ २४
स्वास्थ्य मापदण्डलाई उल्लघन गर्दै चिशंखुगढी गाउँपालिकाका विद्यालयहरु संचालनमा आएका छन् । भौतिक उपस्थितिमै विद्यालय संचालन भईरहेको त्यहाँ न्युनतम स्वास्थ्य मापदण्ड समेत अपनाइएको छैन ।

एक अभिभावकका अनुसार रुघा,खोकी र ज्वरोका कारण बालबालिकाहरु बिरामी हुँदा समेत कोरोनाको परिक्षण गराउन तर्फ गाँउपालिका अग्रसर देखिदैन । जनप्रतिनिधिहरुको लपारवाहीको कारणले गर्दा अहिले चशंखुगढीका अभिभावकहरु आफ्नो बालबालिकालाई विद्यालय पठाउन डराईरहेका छन् ।
चिशंखुगढीमा बढ्दो संख्यामा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुमा रुघा, खोकी तथा ज्वरो जस्ता कारोनाको लक्ष्यण देखिरहेको छ । तर पनि करोनाको परिक्षण गर्नतर्फ स्थानीय सरकार तदारुक नदेखिएको गाउँपालिकाबासीहरुको गुनासो छ ।

कोरोना परिक्षण नहँुदा थप चिन्ता बढेको स्थानियको भनाइ उद्धित गर्दै एक स्थानीय सञ्चारकर्मीले भने “विद्यालय खुल्ला छ, रुघाखोकी लागेका मानिसहरु समुदायमा हिडडुल गरिरहेका छन् , कोराना पुष्टी नभएसम्म क्वारेन्टाईनमा बस्न कोही पनि मान्दैनन् , अर्कोतर्फ परिक्षण गराउने स्थानीय सरकारको संयन्त्र फितलो छ ।” सोही विविध कारणले गर्दा चिशंखुगढीमा समुदाय स्तरमै कोरोना फैलिएको आशंका समेत गरिएको छ ।

चिशंखुगढीमा विद्यालयहरु भौतिकरुपमै संचालनमा आईरहदा जिल्लाकै अन्य गाउपालिकाले भने हालसम्म भौतिकरुपमा विद्यालय खुलाएका छैनन् । त्यहाँको सिद्धिचरण गाँउपालिकाले स्वास्थ्य मापदण्ड अपनाउदै अनलाईन मार्फत पठनपाठन गराईरहेको छ । बारम्बार अनलाईनमार्फत पठनपाठन गराउने व्यवस्था मलाउन सरोकारवालाहरुले सुझाव दिदापनि गाँउपालिकाका जनप्रतिनिधिहरुले सो सुझावलाई गम्भिर रुपमा लिएको देखिदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]