१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

चिशंखुगढी गाउँपालिकामा बालबालिकालाई विद्यालय पठाउन डराए अभिभावक

Logo

काठमाडौं, माघ २४
स्वास्थ्य मापदण्डलाई उल्लघन गर्दै चिशंखुगढी गाउँपालिकाका विद्यालयहरु संचालनमा आएका छन् । भौतिक उपस्थितिमै विद्यालय संचालन भईरहेको त्यहाँ न्युनतम स्वास्थ्य मापदण्ड समेत अपनाइएको छैन ।

एक अभिभावकका अनुसार रुघा,खोकी र ज्वरोका कारण बालबालिकाहरु बिरामी हुँदा समेत कोरोनाको परिक्षण गराउन तर्फ गाँउपालिका अग्रसर देखिदैन । जनप्रतिनिधिहरुको लपारवाहीको कारणले गर्दा अहिले चशंखुगढीका अभिभावकहरु आफ्नो बालबालिकालाई विद्यालय पठाउन डराईरहेका छन् ।
चिशंखुगढीमा बढ्दो संख्यामा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुमा रुघा, खोकी तथा ज्वरो जस्ता कारोनाको लक्ष्यण देखिरहेको छ । तर पनि करोनाको परिक्षण गर्नतर्फ स्थानीय सरकार तदारुक नदेखिएको गाउँपालिकाबासीहरुको गुनासो छ ।

कोरोना परिक्षण नहँुदा थप चिन्ता बढेको स्थानियको भनाइ उद्धित गर्दै एक स्थानीय सञ्चारकर्मीले भने “विद्यालय खुल्ला छ, रुघाखोकी लागेका मानिसहरु समुदायमा हिडडुल गरिरहेका छन् , कोराना पुष्टी नभएसम्म क्वारेन्टाईनमा बस्न कोही पनि मान्दैनन् , अर्कोतर्फ परिक्षण गराउने स्थानीय सरकारको संयन्त्र फितलो छ ।” सोही विविध कारणले गर्दा चिशंखुगढीमा समुदाय स्तरमै कोरोना फैलिएको आशंका समेत गरिएको छ ।

चिशंखुगढीमा विद्यालयहरु भौतिकरुपमै संचालनमा आईरहदा जिल्लाकै अन्य गाउपालिकाले भने हालसम्म भौतिकरुपमा विद्यालय खुलाएका छैनन् । त्यहाँको सिद्धिचरण गाँउपालिकाले स्वास्थ्य मापदण्ड अपनाउदै अनलाईन मार्फत पठनपाठन गराईरहेको छ । बारम्बार अनलाईनमार्फत पठनपाठन गराउने व्यवस्था मलाउन सरोकारवालाहरुले सुझाव दिदापनि गाँउपालिकाका जनप्रतिनिधिहरुले सो सुझावलाई गम्भिर रुपमा लिएको देखिदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]