१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराट राजवंशी महोत्सवमा राखियो व्यापारिक प्रयोजनका ६० वटा स्टल

Logo

विराटनगर, चैत ६
विराटनगरमा ‘विराट राजवंशी महोत्सव’ शनिबाराबाट सुरू भएको छ । त्रिमूर्तिचौदेखि पश्चिम जागृति टोलको खाली मैदानमा उक्त महोत्सव हुदैछ । सो मेला ११ दिन सम्म संचालन हुनेछ ।

सो महोत्सवको उद्घाटन शनिबार विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख पराजुलीले यस्ता संस्कृतिक महोत्सवले विराटनगरको शाख र महत्व दुवै बढाउने बताएका थिए । प्रमुख पराजुलीले राजवंशीहरु तराईको खट्टी मान्छे भएकाले सो समुदायलाई आदिवासी जनजातिमा सुचिकृत गरिनुपर्नेमा जोड समेत दिएका थिए ।

विराट राजवंशी प्रगतिशिल समाजद्धारा आयोजित सो महोत्सवमा राजवंशी समुदायको संस्कृती, मौलिक पहिरन र खानपिनलाई प्रवद्धन गरिने बताईएको छ । महोत्सवमा प्रर्दशनी तथा ब्यापारिक प्रयोजनका ६० वटा स्टलहरू समेत राखिएको छ । महोत्सवमा मनोरंजनका लागि रोटेपिङ र खेलकुदका सामाग्रीहरू समेतको व्यवस्था गरिएको छ ।

दैनिक राष्ट्रियस्तरका कलाकारहरूको महोत्सवमा प्रस्तुति समेत गराईने आयोजक समितिको तयारी रहेको छ । चर्चित गायक तथा गायिकाहरू सुगम पोखरेल, शिव परियार, प्रमोद खरेल, मेलिना राई, ज्योति मगर, कृष्ण लुईटेल, लाहुरे, डम्बर नेपाली, तक्मे बुढो र माग्ने बुढोलाइ ल्याउने आयोजकले व्यवस्था मिलाएको छ ।
महोत्सवमा पुर्वक्षेत्रका सुप्रसिद्ध गायक तथा संगितकार प्रबलदिप विश्वासको पनि सांगीतिक प्रस्तुती रहनेछ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]