२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराट राजवंशी महोत्सवमा राखियो व्यापारिक प्रयोजनका ६० वटा स्टल

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८

विराटनगर, चैत ६
विराटनगरमा ‘विराट राजवंशी महोत्सव’ शनिबाराबाट सुरू भएको छ । त्रिमूर्तिचौदेखि पश्चिम जागृति टोलको खाली मैदानमा उक्त महोत्सव हुदैछ । सो मेला ११ दिन सम्म संचालन हुनेछ ।

सो महोत्सवको उद्घाटन शनिबार विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख पराजुलीले यस्ता संस्कृतिक महोत्सवले विराटनगरको शाख र महत्व दुवै बढाउने बताएका थिए । प्रमुख पराजुलीले राजवंशीहरु तराईको खट्टी मान्छे भएकाले सो समुदायलाई आदिवासी जनजातिमा सुचिकृत गरिनुपर्नेमा जोड समेत दिएका थिए ।

विराट राजवंशी प्रगतिशिल समाजद्धारा आयोजित सो महोत्सवमा राजवंशी समुदायको संस्कृती, मौलिक पहिरन र खानपिनलाई प्रवद्धन गरिने बताईएको छ । महोत्सवमा प्रर्दशनी तथा ब्यापारिक प्रयोजनका ६० वटा स्टलहरू समेत राखिएको छ । महोत्सवमा मनोरंजनका लागि रोटेपिङ र खेलकुदका सामाग्रीहरू समेतको व्यवस्था गरिएको छ ।

दैनिक राष्ट्रियस्तरका कलाकारहरूको महोत्सवमा प्रस्तुति समेत गराईने आयोजक समितिको तयारी रहेको छ । चर्चित गायक तथा गायिकाहरू सुगम पोखरेल, शिव परियार, प्रमोद खरेल, मेलिना राई, ज्योति मगर, कृष्ण लुईटेल, लाहुरे, डम्बर नेपाली, तक्मे बुढो र माग्ने बुढोलाइ ल्याउने आयोजकले व्यवस्था मिलाएको छ ।
महोत्सवमा पुर्वक्षेत्रका सुप्रसिद्ध गायक तथा संगितकार प्रबलदिप विश्वासको पनि सांगीतिक प्रस्तुती रहनेछ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]