०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

३७ विद्यार्थीले पाए छात्रवृति

Logo

विराटनगर, चैत ९
सत्यनारायण माध्यमिक विद्यालयका ३७ विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरिएको छ । स्वर्गीय सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोष र विद्यालयको आन्तरिक स्रोतबाट उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।

कोष अन्तर्गत उत्कृष्ट अंक ल्याउने २२ जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रधान गरिएको छ । विद्यार्थिहरुलाई कोषका संरक्षक दिनबन्धु गोयल र मनोज गोयलले छात्रवृति रकम हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी विद्यालयको आन्तरिक स्रोतबाट वितरण गरिंदै आएको छात्रवृत्ति कार्यक्रम अन्तरगत १५ जना उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले कक्षा ११ का विभिन्न संकायमा प्रथम हुने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

कार्यक्रममा काषेका संरक्षक दिनबन्धु गोयलले २० वर्षदेखि कोषले विद्यार्थीलाई छात्रवृति प्रदान गरिरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]